२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

अस्पतालको लापरवाहीको चरम नमना

सिकारु डाक्टर : ' पाठेघरको शल्यक्रिया गर्दा पिसाबनली पो काटिदिए '

बिहिवार , बैशाख २७, २०८१

 

काठमाडौं,  वैशाख । कमलादेवी कैनीले थापाथलीस्थित प्रसूति गृहमा पाठेघरको अप्रेशनका क्रममा दुवै पिसाबनली काटिएको बताएकी छन् ।

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले पाठेघरको अप्रेशन गर्ने जिम्मा सिकारु डाक्टरलाई दिँदा उक्त घटना भएको बताईन् । उनले घटनापछि अस्पतालले जिम्मेवारी नलिएको र उल्टै अमानवीय व्यवहार गरेको आरोप लगाईन् । 

‘सिकारु डाक्टरलाई मेरो अप्रेसन दिएर दुईवटै किड्नीबाट पिसाबनली छुटाइदिनुभयो । अप्रेसनको दुई दिनपछि मेरो ढाड सुन्नियो । सास फेर्न गाह्रो भएको अवस्थाथियो ।’ उनले भनिन्, ‘मेरी छोरीले ममीको सास फेर्न समस्याभयो, ढाड सुनिएको छ भनेपछि डा. टुसार जैसीले ग्याष्ट्रिक भएको छ भन्नुभयो ।’ 

पाठेघरको अप्रेशन गरेको चार दिनपछि अवस्था एकदमै नाजुक हुँदै जाँदा पनि आफूलाई अस्पतालले जबरजस्ती घर पठाएको उनले सुनाईन् । आफूलाई झनै गाह्रो हुँदै गएपछि फेरि अस्पताल गएर सीटीस्क्यान गरेर हेर्दा अप्रेशनको क्रममा दुवै पिसाबनली काटिएको पत्ता लागेको उनले बताईन् । त्यसपछि पाठेघरको भन्दा पनि ठूलो अप्रेसन गर्नु परेको उनले बताईन् । 

अप्रेशनपछि झन समस्या बढेको बताउँदा आफ्नी छोरीलाई डा.श्रीप्रसाद अधिकारीले डाक्टरसँग पङ्गा नलिन चेतावनी दिएको उनको आरोप छ ।

आफ्नो उचारका क्रममा अस्पतालले लाहप्रवाही गरेको उनको आरोप छ । उनले आफ्नो अप्रेसनपछि आईसीयूमा समेत नराखिदिएको बताईन् । साथै, अप्रेशन गरेको घाउमा लो क्वालिटीको टाँका लगाइदिँदा घाउ पूरै पाकेको उनको भनाइ छ । 

डाक्टरहरुको लाहप्रवाहीले अर्को अप्रेशन गर्नुपरेको भएपनि आफैंले खर्च व्यहोर्नुपरेको उनले गुनासो सुनाईन् । पटक–पटकको अप्रेशन र लाहप्रवाहीले गर्दा अहिले किड्नीमा समेत समस्या देखिएको उनले बताईन् । 

यस्तो अवस्थामा अस्पतालले कुनै प्रकारको उत्तरदायित्व नलिएको उनको भनाइ छ । अब अस्पतालले आफ्नो उपचारमा सहयोग नगरेको खण्डमा मर्नुको विकल्प नरहेको उनले बताईन् । उनले अस्पतालको लाहप्रवाहीको कारण आफूले उचार नगरी मर्नुपर्ने अवस्था आउँदा स्वास्थ्य मन्त्रालयको बाहिर गएर आत्महत्या गर्ने चेतावनी दिईन् । 

‘यतिबेला मलाई भात खान समस्या भइरहेको बेलामा तपाईँको लाहप्रवाहीले गरेर पाँचचोटी काटिएको मेरो घाउलाई शान्त पार्न सिटामोल किन्न नसकेको अवस्थामा मैले अप्रेशन कसरी गर्ने ? मेरो किड्नीको उपचार कसरी गर्ने ?मैले मर्नुपर्छ भने अब स्वास्थ्य मन्त्रालयको बाहिर गएर मर्छु । मेरो केही विकल्प रहेन,’– उनले रुँदै भनिन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार