२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

जनता समाजवादी पार्टी

अध्यक्ष यादवले भने : "  सरकारलाई दिएको समर्थन निरन्तर रहन्छ "

बुधवार , बैशाख २६, २०८१

 

काठमाडौँ, वैशाख ।  जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन निरन्तर रहने बताएका छन ।  

पार्टी कार्यालय वालकुमारीमा आज आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री  पार्टी अध्यक्ष यादवले सरकारलाई दिएको समर्थन आजका मितिसम्म जारी रहेको उल्लेख गरे । 

“सरकारलाई दिएको हाम्रो समर्थन यथावत छ, बाँकी परिस्थिति कसरी विकास हुन्छ भन्नेमा निर्भर रहन्छ”, उनले भने ।  

राजनीतिक अस्थिरता र गलत क्रियाकलापको पात्र आफ्नो पार्टी नभएको जिकिर गर्दै अध्यक्ष यादवले भने– “आगामी दिनमा दिइने समर्थन सरकारकै व्यवहारमा भर पर्छ ।” 

केही व्यक्तिगत स्वार्थ र महत्वकांक्षाले पार्टीलाई विभाजन गरेको उनको भनाइ थियो । 

बहुमत सांसद र केन्द्रीय नेता आफ्नो पक्षमा रहेको दाबी गर्दै उहाँले आफू विदेश भएका बेला पार्टी विभाजन गरेको तथा निर्वाचन आयोगले पनि हतारमा दल दर्ताको प्रमाणपत्र दिएको उल्लेख गरे ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार