२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

प्रमुख दल बैठक

कांग्रेसले भन्यो : 'संविधान र कानुनभन्दा माथि कोही छैन '

सहकारी प्रकरणमा व्यक्ति होइन,  देशको उपप्रधान तथा गृहमन्त्रीमाथि प्रश्न उठेको छ ' : रमेश लेखक, प्रमुख सचेतक कांग्रेस

मंगलवार , बैशाख २५, २०८१



काठमाडौँ, बैशाख । सभामुख देवराज घिमिरेले बोलाएको संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको बैठकमा कांग्रेसले सहकारीको बचत अपचलनको छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने आफ्नो अडान कायम राखेको छ ।

अघिल्लो अधिवेशनदेखि नै उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने समेत सहकारीको बचत अपचलनमा जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो । 

कान्तीपुर लेख्छ तर संसदीय समिति बनाउन सत्तारुढ दल तयार नभएपछि संसद्को अधिवेशन नै सकिएको थियो ।  अहिले बजेट अधिवेशन सुरू हुन लागेकाले कांग्रेसले आफ्नो अडान पुन राखेको हो ।

संसदीय छानबिन समिति बनाउनुपर्ने कुरा गरेका छौं । सहकारीको बारेमा कुरा उठेपछि यसबारे स्पष्ट हुनु रविजीका लागि पनि रम्रो हुन्छु कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, 'यो एउटा व्यक्ति मात्र होइन देशको उपप्रधान तथा गृहमन्त्रीमाथि उठेको प्रश्न हो ।'

उनले यो मुलुकमा संविधान र कानुनभन्दामाथि कोही पनि नरहेकोले छानबिन समितिबाट टुंगोमा पुग्नुपर्ने बताए ।


प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार