कठमाडौँ, बैशाख । एनएनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत रहेका अर्जुनराज खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको छ।
सन् २००४ देखि बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नुभएका खनियाले बैंकका विभिन्न शाखाहरु, विभाग हरु एवम् इकोसिस्टमहरुमा काम गरी २० वर्षभन्दा लामो अनुभव संगाल्नुभएको छ।
सन् २००४ मा नेपाल बैंक लिमिटेडमा आन्तरीक लेखापरीक्षकको रुपमा नायब प्रबन्धकमा नियुक्त भएर वाणिज्य बैंकको यात्रा सुरु गर्नुभएका खनियाले सन् २०१० मातत्कालिन बैंक अफ एशिया नेपाल लिमिटेडमा शाखा प्रमुखको रुपमा नियुक्त हुनुभएको थियो।
तत्पश्चात यस बैंकका विभिन्न विभाग तथा इकोसिस्टमहरुमा प्रमुखको रुपमा नेत्तृत्वदायी भुमिकामा रही बैंकको व्यवसायिक रणनीति निर्माण एव कार्यान्वयनमा अतुलनीय योगदान दिनुभएका खनिया हाल बैंकको Strategic Performance Management Ecosystem/Experience Assurance Ecosystem Strategic Performance Management Ecosystem/Experience Assurance Ecosystem प्रमुख, प्रमुख सूचना अधिकारी, प्रमुख गुनासो सुन्ने अधिकारीको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ।
बैंकको विभिन्न विभाग हरु तथा इकोसिस्टमहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै बैंकको Transformational Journey मा अतुलनिय योगदान दिई आफ्नो सफल जिम्मेवारी निर्वाह गर्नुभएका खनियालाई बैंकले दिएको यस नयाँ जिम्मेवारीले बैंकलाई थप उचाई हासिल गरी, उच्च व्यवसायिक सफलता प्राप्त गर्न योगदान गर्नेछ भन्ने पूर्ण विश्वासका साथ उहाँलाई हार्दिक बधाई र शुभकामना व्यक्त गरिएको प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेद्धारा प्रेषित बिज्ञप्तिमा जनाइएको छ ।