काठमाडौँ, बैशाख । वैशाख १५ मा हुने उपनिर्वाचनले बरालिएको नेपालको राजनीतिलाई दिशानिर्देश गर्ने कांग्रेस नेता तथा सांसद प्रदीप पौडेलले बताएका छन ।
इलाम कांग्रेसले आज गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले भने, 'वैशाख १५ को उपनिर्वाचनलाई एउटा क्षेत्रको चुनावको रुपमा मात्रै लिएर बुझ्न मिल्ने परिस्थिति छैन । '
‘उनले थपे, 'यो उपनिर्वाचन जितेर वा हारेर सरकार फेरबदल हुने अवस्था होइन । तर पछिल्लो निर्वाचनपछि देखिएको राजनीतिक प्रवृत्तिको परीक्षा भने निश्चय नै हो । यसले अहिले बरालिएको राष्ट्रिय राजनीतिलाई कतातिर लैजाने भनेर दिशानिर्देश गर्छ ।'
उनले उपनिर्वाचनले अब कस्तो सिद्धान्त बोक्नेलाई जनताले नेतृत्व गर्न योग्य छ भनेर बुझिरहेकाछन् भनेर सन्देश दिने बताए ।
‘यो निर्वाचनमा सिङ्गो देशको ध्यान केन्द्रित भएको छ । सबै राजनीतिक दलहरु यो निर्वाचनलाई आगामी दिनको राजनीति कसरी अघि बढ्छ भन्ने अनुमान गरेर लागि परेका छन् । '
यो निर्वाचन परिणामले देशलाई कुन मोडमा लान्छ भनेर बहस गरिहरेका छन् । त्यसैले अहिलेको उपनिर्वाचन देशको आगामी दिनको संकेत गर्ने एउटा महत्वपूर्ण घडी हो ।’