२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

'कम्युनिष्ट पार्टीबीच तत्काल एकता सम्भव छैन' : उपाध्यक्ष पाण्डे

शनिवार , बैशाख ८, २०८१

 

काठमाडौँ, वैशाख  । नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०का उपाध्यक्ष राजेन्द्र पाण्डेले वर्तमान परिस्थितिमा कम्युनिष्ट पार्टीहरुबीच तत्काल एकताको सम्भावना नरहेको बताउनुभएको छ । 

धादिङ–काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा आज उहाँले कम्युनिष्ट एकताका लागि विचार, कार्यदिशा र सिद्धान्तमा आवश्यक छलफल गर्न बाँकी रहेकाले अहिले एकता नहुने बताउनुभयो ।

केही नेताहरूले एकताको हल्ला चलाएको भए पनि यसमा कुनै सत्यता नरहेको उहाँको भनाइ थियो । नेता पाण्डेले कम्युनिष्ट पार्टीहरूमा आ–आफ्नै विचार रहेकाले अहिलेकै अवस्थामा एकता गर्ने अवस्था नरहेको बताउनुभयो ।

कम्युनिष्ट आन्दोलनको मूलधार आफ्नो पार्टी भएको भन्दै उहाँले निष्ठावान कार्यकर्ता र जनताको बलमा पार्टीको अस्तित्व कायम गर्ने प्रष्ट पार्नुभयो । 

उपाध्यक्ष पाण्डेले आगामी निर्वाचनमा पार्टीले एक्लै चुनाव लडेर जित्ने दृढताका साथ सङ्गठन विस्तार  गर्नुपर्ने र अबको मुख्य कार्यभार सङ्गठन सुदृढीकरण गरी पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।
(((

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार