२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

एसिसी प्रिमियर कप  :  युएईसँग टस हारेर ब्याटिङ गर्दै नेपाल

शुक्रवार , बैशाख ७, २०८१

 

काठमाडौँ,  वैशाख  । एसिसी प्रिमियर कप टि- २० क्रिकेट प्रतियोगिता अन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको सेमिफाइनलमा नेपालले टस हारेको छ । 

ओमानको अल अमरात क्रिकेट मैदानमा भर्खरै भएको टसमा युएईका कप्तान मोहम्मद वासिमले टस जित्दै नेपाललाई ब्याटिङको निम्तो दिए ।

नेपाल समूह ‘ए’ को बिजेता रुपमा सेमिफाइलमा पुगेको हो भने युएई समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो । 

समूह चरणको खेलमा नेपालले सबै चार खेलमा जित हात पारेको थियो । नेपालले मलेसियालाई पाँच विकेट, कतारलाई ३२ रन, हङकङलाई आठ विकेट र साउदी अरेबियालाई छ विकेटले पराजित गरेको थियो । 

त्यसैगरी युएईले कुवेतलाई सात विकेट, बहराइनलाई ३७ र कम्वोडियालाई नौ विकेटले हराएको थियो भने ओमानसँग नौ विकेटको पराजित भएको थियो ।

आजै हुने अर्को सेमिफइनलमा ओमान र हङकङवीच प्रतिस्पर्धा हुँदैछ ।
(

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार