२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

भारतीय लोकसभा निर्वाचन

राजनीतिक दल, उम्मेदवार र निर्वाचन कार्यालयको तयारी तीब्र

बिहिवार , बैशाख ६, २०८१

 

नयाँदिल्ली,  वैशाख   । भारतको विभिन्न प्रान्तमा हुने लोकसभा निर्वाचनको तयारी तीव्ररुपमा भइरहेको छ । लोकसभा चुनावको पहिलो चरण यही अप्रिल १९ मा सुरु हुँदैछ । 

निर्वाचनको प्रतिस्पधामा होमिएका दल र उम्मेदवारले आफ्नो पक्षमा जीत हासिल गर्न अनेक मेहनत गरिरहेका छन् भने निर्वाचन व्यवस्थापनसम्न्धी निकायले सुरक्षा र अन्य व्यवस्थापकीय तयारी जारी राखेको छ । 

उत्तराखण्डमा हेलिकप्टरको प्रबन्ध
निर्वाचनअन्तर्गत उत्तराखण्डमा सुरक्षित निर्वाचन सुनिश्चित गर्न हेलिकप्टरको प्रबन्ध गरिएको छ ।  उत्तराखण्डका अतिरिक्त मुख्य निर्वाचन अधिकारी विजयकुमार जोगदण्डेले सबै पाँच लोकसभा स्थानका लागि हुने निर्वाचनको मतदान केन्द्रमा भइरहेका तयारीबारे जानकारी दिँदै आपत्कालीन सेवाका लागि दुईवटा हेलिकप्टरको व्यवस्था गरिएको जानकारी दिनुभयो । 

उहाँले यपटकको मतदान हिंसा वा हताहतमुक्त हुने र कुनै आपतकालीन अवस्था नआउने बताउनुभयो । 
“एउटा हेलिकप्टर गढवालमा र अर्को खकुमाउमा तैनाथ गरिने र तिनलाई आपतकालीन उद्देश्यका लागि मात्र प्रयोग गरिनेछ । यसपटकको मतदान हताहत वा हिंसामुक्त हुनेछ, कुनै आपतकालीन अवस्था आउने छैन ।’’ 

जोगडाँडेले भन्नुभयो, पहाडी प्रदेशमा मतदाताको सहभागिता बढाउन राज्यभर ११ हजारभन्दा बढी मतदान केन्द्र स्थापना गरिने भएको छ । 

यसैबीच, उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले बुधबार नैनीतालमा पत्रकारहरूसँग कुरा गर्दै लोकसभा चुनावमा ठूलो संख्यामा सहभागी हुन मतदाताहरूलाई आग्रह गनुभएको छ ।

 
पूर्व मुख्यमन्त्री रावत  र हरिद्वारमा पूर्व मुख्यमन्त्रीका छोराबीच हरिद्वार र उत्तराखण्डको अन्य चार लोकसभा निर्वाचन क्षेत्रहरूमा अप्रिल १९ मा आम चुनावको पहिलो चरणमा मतदान हुनेछ ।

यस क्षेत्रमा भारतीय जनता पार्टीका नेता तथा उत्तराखण्डका पूर्व मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत र उत्तराखण्डका पूर्व मुख्यमन्त्री हरिश रावतका छोरा कांग्रेसका वीरेन्द्र रावतबीच प्रतिस्पर्धा हुने भएको छ ।


हरिद्वार संसदीय क्षेत्र कुल १४ विधानसभाहरू मिलेर बनेको छ । बिजेपीले सन् २०१९ र २०१४ को लोकसभा चुनावमा हरिद्वारका सबै सीटमा जित हासिल गरेको थियो । 

उत्तराखण्डमा परम्परागत रूपमा भाजपा र कांग्रेसबीच कडा प्रतिस्पर्धा देखिएको छ । दुवै पार्टीले राज्यलाई आफ्नो राष्ट्रिय सङ्कल्प अनुसार सञ्चालन गर्न आवश्यक युद्धभूमिको रूपमा हेर्छन् ।

सोनितपुर जिल्ला निर्वाचन कार्यालयले बिहीबार पहिलो चरणको निर्वाचनका लागि मतदान कर्मचारीहरूलाई आ आफ्नो मतदान केन्द्रहरूमा पठाएको छ । डिब्रुगढ, जोरहाट, लखिमपुर, सोनितपुर र काजिरंगामा पहिलो चरणको निर्वाचन अप्रिल १९ मा हुँदैछ ।

मतदान कर्मचारी र सुरक्षाकर्मी खटिए
सोनितपुर संसदीय क्षेत्रका लागि बिहीबार असमको सोनितपुरको दराङ कलेजबाट मतदान टोली र सुरक्षाकर्मी पठाउन थालिएको छ । 

अतिरिक्त जिल्ला आयुक्त कविता काकती कोनवरले सोनितपुर आवश्यक मतदान कर्मचारीहरू मतदानमा संलग्न हुने जानकारी दिए । 
 
उक्त जिल्लामा करिब  १५० महिला मतदान केन्द्रहरू छन् । सबै निर्वाचन क्षेत्रहरूमा पर्यवेक्षकहरू राखिएकाले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने विश्वास दिइएको छ ।
 एएनआई

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार