२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

समस्या झेल्दै उद्यमी महिला : " सम्वोधन गर्ने नीतिगत व्यवस्था चाहियो "

बुधवार , बैशाख ५, २०८१

 

काठमाडौँ, बैशाख । नेपालमा महिला उद्यमशीलता बढदै गए पनि उद्यमीहरुका समस्याहरुलाई सम्वोधन गर्ने नीतिगत व्यवस्था नहुदा चलिरहेका व्यापार व्यवसाय नै धरायसी बन्दै गएकोप्रति महिला उद्यमीहरुले चिन्ता व्यक्त गरेका छन् । 

यस्तै, समस्याहरुका बीच सम्वन्धित निकायको ध्यानाकर्षण गराउने उद्येश्यले महिला अधिकारका लागि क्रियाशील संस्था वमन एक्टले नेपालमा महिला उद्यमशीलता र महिला उद्यमीहरुका समस्या, चुनौती र अवसर विषयक कार्यक्रमको आयोजना गरेको छ । 
सो कार्यक्रमका अवसरमा सहभागी अधिकांशले उद्यमी महिलाहरुले सामान्य व्यापार व्यवसाय गर्ने क्रममा पनि आफूहरुले भोगिरहेका समस्यालाई प्रस्तुत गरेका थिए । 

उद्यमशीलताले नेपाली महिलाहरुलाई आयआर्जनको लागि मात्र नभएर सामाजिक विकास, शसक्तिकरण, आर्थिक उपार्जन र सीप विकास गर्ने सिर्जनात्मक अवसरहरु उपलब्ध गराइरहेको अहिलेको सन्र्दभमा उद्योगधन्दा र व्यापार व्यवसाय गर्ने क्रममा महिलाहरुले भोग्नु परिरहेको समस्यालाई एकैसाथ सम्वोधन हुनेगरी नीति तथा कार्यक्रमहरु तय गर्न वमन एक्टले उद्यमीह्रुबीच छलफल कार्यक्रम आयोजना गरेको हो ।

महिलाहरु आर्थिक रुपमा सक्षम भएमात्र हिसांमूक्त समाज निर्माण गर्न सकिन्छ । आर्थिक सशक्तिकरण समाज विकासको महत्वपूर्ण पक्ष हो । कार्यक्रममा वमन एक्टका कार्यकारी अध्यक्ष सिर्जना अधिकारीले भन्नुभयो, उद्यमशीलतामा अवसरहरु धेरै भएपनि  रिण प्राप्त गर्ने दर्ता प्रक्रियादेखि बजारीकरणसम्म महिलाहरुले धेरै कठिनाई, समस्या र चुनौतीहरु सामना गर्न परिरहेको छ । 

देशभित्र धेरै अवसरहरु छन् र हजारौं महिलाहरु साना ठूला व्यापार व्यवसाय, उद्योग धन्दामार्फत उत्कृष्ट उद्यमशीलता प्रस्तुत गरिरहेका छन् तर दीर्घकालीन रुपमा आत्मनिर्भर बन्नका लागि महिलाहरुका समस्यालाइ ऐक्यवद्ध गर्ने, सीप विकाससगै विभिन्न अवसरहरु प्रदान गर्ने र नीतिगत अप्ठेराहरुमा छलफल गर्ने उद्येश्यले वमन एक्टले उद्यमीहरुसँग सहकार्य गरिरहेको उहाँले बताउनुभयो । 

पेन्टिग, इलेक्टिसियन, वर्कशप, पलम्विङ जस्ता कामहरुमा पनि सीप सिकाएर दक्ष बनाउन वमन एक्टमार्फत २५ जिल्लामा महिला उद्यमशीलता तालिम सञ्चालन गरिरहेको बताउनुभयो ।

उद्यमी महिलाहरुका लागि केही राम्रो उद्यम गरेर अघि बढन  नीतिगत प्रावधानहरु नै बाधक भएको भन्दै नेपाल घरेलु तथा उद्योग महासघं, महिला केन्द्रिय समिति अध्यक्ष गोमा खनालले २० हजार उद्यमी महिला आवद्ध महासघंमा रिण लिने प्रक्रियादेखि उत्पादन र बजारीकरणसम्मका प्रक्रियाहरुमा सम्वन्धित सरकारी निकाय, सहकारी, लघुवित्त र वैकबाटै महिलाहरु पीडित भएको बताउनुभयो । 

सरकारी निकायहरुले सामान्य दर्ता गर्न जाँदा अनावश्यक दुखदिने, साना कामलाई महत्वन दिने, घरेलु उद्योग र उत्पादित सामग्रीलाई गुणस्तर नपुगेको भन्दै आयातीत सामग्रीलाई देशभित्र प्रोत्साहन गर्ने अवस्थाले महिला उद्यमीहरु पीडित भएको सन्र्दभ जोडदै अध्यक्ष खनालले घरेलु उद्योगहरुबाटै सेनेटरी प्याड उत्पादनमा हामी आत्मनिर्भर भइसकेको भएपनि भारतबाट आएको रेडिमेट प्याडलाई बजारमा ल्याएर नेपाली उद्यमीलाई निरुत्साहित बनाउने काम भइरहेकोप्रति सम्वन्धित निकायको ध्यानाकर्षण गराउनुभयो । 

साथै, उहाँले देशभरी २९ हजार सामूदायिक विद्यालयमा वितरण गर्नका लागि खपत हुने सेनेटरी प्याड वितरणमा गुणस्तर नपुगेको भन्दै नेपाली उत्पादनलाई उपयोग गर्न नदिएको बताउनुभयो ।

अहिलेसम्म घरेलु उत्पादनलाई हेर्ने नीति नहुँदा उद्यमशीलता घरेलुकर्जा सरकारले दिने व्यवस्था गरेको भएपनि बैककै कर्मचारीहरुको मिलेमतोमा कोटा खाइदिने प्रवृति हावी भएको भन्दै उहाँले उत्पादित सामग्रीको गुणस्तर परिक्षण गर्ने, उत्पादन खपत गर्नेलगायतका लागि एकद्धार  प्रणाली लागू गर्नुपर्ने धारणा राख्नुभयो । 

कार्यक्रममा नेपाली बजारमा लोकप्रिय टिमुर छोप अचारको संस्थापक बसुमाया तामाङले जगंलमा खेर गइरहेको टिमुरको व्यवसायीक रुपमा अचार उत्पादन गर्ने व्यवसाय गर्नका लागि समेत सम्वन्धित निकायले  प्रोत्साहन नगरेको बताउनुभयो ।

त्यस्तै, सिर्जनशील महिला संघका संस्थापक निलु थापाले युवा उद्यमीहरुलाई प्रोत्साहनगर्ने वातावरण नभएको, सीप विकास गर्न, व्यवसाय सञ्चालन गर्न र बजार बिस्तारको लागि धेरै समस्याह्रु बाधक भएकोले सञ्चालनमा रहेका व्यापार व्यवसायहरु पनि धरायसी बन्दै गएको बताउनुभयो । 

नेपालमा हातले बनाइएका हस्तकलाका सामानहरुको बजार माग अत्याधिक छ । बिदेशमा धेरै नै निर्यात हुन्छ । अन्र्तर्राष्ट्रियस्रतमा नेपाल  ढाका, बाँस र अल्लो जस्ता नेपाली उत्पादनबाट बनाइएका सामग्रीहरुकै कारण पनि चिनिएको छ  ।

तर उद्यमी महिलाहरुको लागि काम गर्न प्रोत्साहन गर्ने नीति तथा कार्यक्रमहरु नभएकोप्रति कार्यक्रममा सहभागी उद्यमीहरुले चिन्ता व्यक्त गर्नुभयो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार