२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

भारत - चीन सम्बन्ध

भारतीय रक्षामन्त्री राजनाथको चीनलाई चुनौती :  'नाम बदल्दैमा भारतका भूमि चीनका हुँदैनन्'

बुधवार , चैत्र २८, २०८०

 

काठमाडौँ,  चैत। भारतीय रक्षामन्त्री राजनाथ सिंहले छिमेकी राष्ट्र चीनलाई चुनौती दिएका छन् । चीनले भारतका केही भूमिको नाम आफूखुशी बदलेको प्रति कडा प्रतिक्रिया दिँदै रक्षामन्त्री सिंहले नाम बदल्दैमा केही नहुने बताए । 

मंगलबार अरुणाचल प्रदेशको नामसाईमा एक सार्वजनिक बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘यदि भोलि हामीले चीनका केही प्रान्त र राज्यको नाम बदलिदियौँ भने के यसो गर्दा ती क्षेत्र भारतका हिस्सा बन्छन् ?’

अरुणाचल प्रदेश पूर्वी निर्वाचन क्षेत्रका उम्मेदवार तापिर गाओको समर्थनमा रोड शो गर्दै राजनाथले चीनको दाबीमा कडा बयान दिएका हुन् । 

सिंहले चीनले अरुणाचल प्रदेशका तीन स्थानको नाम बदलेर आफ्नो वेबसाइटमा पोष्ट गरेको भन्दै अगाडि भने, ‘म हाम्रो छिमेकीलाई बताउन चाहन्छु कि नाम बदलेर केही हुने वाला छैन ।’

रक्षामन्त्री सिंहले अगाडि भने, ‘हामी छिमेकीसँग राम्रो सम्बन्ध बनाइराख्न चाहन्छौँ । यदि कसैले भारतको सम्मानमा ठेस पुर्याउने कोसिस गर्छन् भने भारत त्यसको जवाफ दिने ताकत राख्छ ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार