२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रभु बैंक  : मुस्ताङ्गको कागबेनी श्राद्घस्थलमा क्यु आर स्ट्याण्ड प्रदान  

मंगलवार , चैत्र २७, २०८०

कठमाडौँ, चैत ।  बहुचर्चित धार्मिकस्थल कागबेनीमा बिशेष गरी बडादसैँ र चैतेदसैँ अघिको सोह्रश्राद्घ तथा औँसी तिथिमा दिवंगत आफन्तहरुको नाममा पिण्डदान र तर्पणका लागि वर्षेनी नेपाल तथा भारतबाट करिब ११ हजारभन्दा बढी भक्तजन आउने गरेका छन।  

पिण्डदान गर्दा दिवंगत भएकाहरुले मुक्तिपाउने धार्मिक विश्वासका साथ आउने र  पिण्डदान गर्ने गर्दछन ।  

हिमालपारिको जिल्ला मुस्ताङ्गको विभिन्न गाउँपालिकाहरुमा ७ वटा मात्र शाखा कार्यालयमार्फत सम्पूर्ण बैँकिङ्ग सेवा उपलब्ध गराईरहेको प्रभु बैँक, मुस्ताङ्ग जिल्लाको वित्तिय पहुँचका लागि सारथी बन्ने गरेको मुस्ताङ्गबासीहरु बताउँछन् ।

मुस्ताङ्ग जिल्लाको समुन्नत आर्थिक विकास तथा समृद्धिका लागि प्रभु बैँकले वित्तिय सेवामात्र नभएर वित्तिय सचेतना तथा समाजिक उत्तरदायित्व निर्वाहमा समेत विशेष ध्यान दिएको प्रभु बैँकको गण्डकी प्रदेश कार्यालयले जनाएको छ । 

यसैवीच नगदरहित भुक्तानी प्रणालीमा विशेष जोड दिईरहेको प्रभु बैँकले कागबेनीमा भक्तजनहरुको सहजीकरणका तथा सुबिधाका लागि “कागबेनी मन्दिर श्राद्घस्थल व्यबस्थापन समिति“ लाई एक समारोहबीच क्यु आर स्ट्याण्ड उपलब्ध गराएको छ । 
प्रभु बैंकका नेपालभर ३०१ शखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरमार्पmत करिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं भन्ने मुलनाराका साथमा बैंकि एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार