२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

वराहक्षेत्र देवधाम

चतरामा आजदेखि महाकुम्भ मेला लाग्ने : " राष्ट्रपति पौडेलले उद्घाटन गर्ने "

आगामी वैशाख २८ सम्म सञ्चालन हुने , ३० लाख भक्तजन सहभागी हुने अनुमान

मंगलवार , चैत्र २७, २०८०

 

धरान,  (सुनसरी), चैत  । सुनसरीको वराहक्षेत्र नगरपालिका–१ स्थित चतरामा आजदेखि महाकुम्भ मेला प्रारम्भ हुँदैछ ।  मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको मेला  आयोजक समितिका सहअध्यक्ष तथा बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले बताए । 

आगामी वैशाख २८ गतेसम्म सञ्चालन हुने मेलामा ३० लाख भक्तजन सहभागी हुने अनुमान गरेर सोहीअनुरुप व्यवस्था मिलाइएको आयोजक समितिले जनाएको छ । 

मेलाको उद्घाटनका दिन दुई हजार सुरक्षाकर्मी परिचालन गरिने आयोजक समितिका सहअध्यक्ष कार्कीले बताए ।  

उनले भने, “सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी बलसमेत दुई हजार सुरक्षाकर्मी परिचालन गरिनेछ । सिसीटिभीको सहायताले सहभागीहरूको सङ्ख्या गणना गरिने छ ।”

मेला व्यवस्थापनका लागि मूल समितिको मातहत रहने गरी २६ वटा समिति गठन भएका छन् । कुम्भमेला क्षेत्रमा चार सय ८० व्यापारिक स्टल राखिने भएको छ । त्यस्तै मेला क्षेत्रमा एक सय ९५ वटा अस्थायी शौचालय बनाउने काम भइरहेको छ ।

 
चालीस दिन मदिरा र माछामासु प्रतिबन्ध 

कुम्भमेलाका क्रममा ४० दिनसम्म मदिरा र माछामासु बिक्री वितरण गर्न रोक लगाएको छ । मेला आयोजक समितिका सह अध्यक्ष कार्कीले सात्विक बराह क्षेत्रको सन्देश प्रवाह गर्ने उद्देश्यले मदिरा र माछामासु बिक्रीमा रोक लगाइएको बताए ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार