२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

 अमेरिकाको फ्लोरिडा :   ' गोली चल्दा दुई जनाको मृत्यु, सात घाइते'

आइतवार , चैत्र २५, २०८०

 

काठमाडौँ,चैत । संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यको उपनगर ‘मियामीमा’ गोली चल्दा दुई जनाको मृत्यु हुनुको साथै अन्य सात जना घाइते भएको स्थानीय कानून प्रवर्तन अधिकारीले बताएका छन् ।
 
मियामीको मनोरञ्जनस्थल सिटीप्लेस डोरालको बारमा बिहान सबेरै ग्राहकहरूबीच झगडा भएपछिसुरक्षा गार्ड, प्रहरी अधिकारी र बन्दुकधारीबीच गोली हानाहान भएको थियो ।

उक्त घटनामा बन्दुकधारी र सुरक्षा गार्डको मृत्यु भएको छ । डोराल शहरका एक प्रहरी अधिकारी र अन्य छ जनालाई गोली लागेको छ । 

घाइते प्रहरी अधिकारीलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ भने दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

डोराल प्रहरी र सङ्घीय कानून प्रवर्तन विभागले सशस्त्र आक्रमणसम्बन्धमा अनुसन्धान भइरहेको सामाजिक सञ्जालमार्फत प्रहरीले जानकारी दिएको छ । 

अमेरिकी देशहरूमा बन्दुकबाट हुने मृत्युको सङ्ख्या सबैभन्दा धेरै  रहेको छ । बन्दुक हिंसा अभिलेखअनुसार सन् २०२४ मा हालसम्म अमेरिकामा बन्दुक आक्रमणबाट चार हजार २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने सात हजार ५०० भन्दा बढी घाइते भएका छन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार