२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

जाजरकोट भूकम्प (अपडेट ) 

रुकुम पश्चिम  : "  पीडितका लागि ३० हजार अस्थायी आवास निर्माण "

शनिवार , चैत्र ३, २०८०

 

त्रिवेणी (रुकुम पश्चिम), चैत ।  गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पु¥याएको रुकुमपश्चिममा अस्थायी आवास निर्माण भइरहेका छन् ।

भूकम्प गएको पाँच महिनामा भूकम्पपीडितको अस्थायी आवास निर्माणको काम अन्तिम चरण पुगेको छ । सो अवधिमा जिल्लाभर २९ हजार ७६४ अस्थायी आवास निर्माण सम्पन्न भएका सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिनुभयो । 

उहाँका अनुसार जिल्लाभर दुई हजार १९२ अस्थायी आवास निर्माणको चरणमा रहेका छन् । 

जिल्लामा हालसम्म सबैभन्दा बढी आठबीसकोट नगरपालिकामा नौ हजार ८३ र सबैभन्दा कम मुसिकोट नगरपालिकामा ९६६ अस्थायी आवास निर्माण भएका सहायक प्रमुख जिल्ला अधिकारी बढुवालले जानकारी दिनुभयो ।
 
चौरजहारी नगरपालिकामा छ हजार ६६८, सानीभेरी गाउँपालिकामा पाँच हजार ७२१, त्रिवेणीमा चार हजार  ३३३ र बाँफीकोट गाउँपालिकामा लाभग्राही पहिचान भएका सबै दुई हजार ९९३ अस्थायी आवास निर्माण सम्पन्न भएको सहायक प्रजिअ बढुवालले जानकारी दिनुभयो । 

हालसम्म जिल्ला विपद् व्यवस्थापन कोषबाट ३१ हजार तीन सय  लाभग्राहीका लागि स्थानीय विपद् न्यूनीकरण कोषमा रु २५ हजारका दरले रु ७८ करोड २५ लाख रकम पठाइएको छ । 

स्थानीय विपद् कोषबाट भने ३० हजार  ८४१ लाभग्राहीले रु २५ हजारका दरले रु ७७ करोड १० लाख २५ हजार रकम प्राप्त गरेका छन् । 

अब जिल्लामा पहिचान भएका तीन सय ५९ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता पाउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले जनाएको छ ।
(((

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार