२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

पपुवा न्युगिनीले नेपाललाई दियो १७२ रनको लक्ष्य

बुधवार , फाल्गुण ३०, २०८०

काठमाडौँ, फागुन । त्रिकोणात्मक टी–२० सिरिजमा पपुवा न्युगिनी (पिएनजी) ले नेपाललाई जितका लागि एक सय ७२ रनको लक्ष्य दिएको छ । 

 हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पिएनजीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १७१ रनको योगफल बनाएको हो ।

 पिएनजीका लागि टोनि उराले अर्धशतक प्रहार गरे । उनले ६१ रन बनाए । यसैगरी एली नाओ ३० रनमा अविजित रहे ।  

 नेपालका लागि कुशल भुर्तेल र आकाश चन्दले समान तीनरतीन विकेट लिए भने करण केसी र गुल्सन झाले समान एकरएक  विकेट लिए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार