२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाल राष्ट्र बैंक

आठ अर्बको विकास ऋणपत्र बिक्री गर्दै  राष्ट्र बैंक  : "  समयावधि आठ वर्षे "

शुक्रवार , फाल्गुण २५, २०८०

 


काठमाडौँ,  फागुन  । नेपाल राष्ट्र बैंकले आठ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८ झ’ बोलकबोल प्रक्रियाबाट बिक्री गर्ने भएको छ । 

कूल रु आठ अर्ब बराबरको उक्त ऋणपत्र धितो राखी कर्जा लिन वा दिन समेत पाइनेछ । ब्याजदर समेत बोलकबोल प्रक्रियाबाटै निर्धारण हुने केन्द्रीय बैंकले सूचनामार्फत जानकारी गराएको छ ।

बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले उक्त ऋणपत्र खरिद गर्न सक्नेछन् । यही फागुन २९ गते अपरान्ह बोलकबोल हुने छ । 

ऋणपत्रको साँवा भुक्तानी २०८८ फागुन ३० गते हुनेछ । अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने र त्यसमा ब्याजकर समेत लाग्नेछ ।

ऋणपत्र घटीमा रु ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाई रु ५० हजारले भाग गर्दा निशेष भाग जाने अङ्क बराबर खरिद गर्न सकिनेछ । 

इच्छुक खरिदकर्ता प्रतिस्पर्धी  वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार