२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कांग्रेसका सभापति देउवा र अध्यक्ष नेपालबीच भेटवार्ता

बुधवार , फाल्गुण २३, २०८०

काठमाडौँ,फागुन। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ ।

 अध्यक्ष नेपालको कोटेश्वरस्थित निवासमा भएको भेटवार्तामा विकसित पछिल्लाे राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो । पूर्वप्रधानमन्त्रीद्वयबीचको सो भेटमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले परिवर्तित सन्दर्भबारे सकारात्मक कुराकानी भएको जानकारी दिनुभयो । 

 उहाँले एकीकृत समाजवादीको आजै बस्ने सचिवालयको बैठक र निर्णयका आधारमा आफूहरुबीच पुनः छलफल हुने समेत उल्लेख गर्नुभयो । अध्यक्ष नेपालसँग मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायतले पनि भेटवार्ता गर्नुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार