२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

 अर्थतन्त्रका खतरा सकिँदै 

अर्थमन्त्री डा.महतले भने : "  बैंकको ब्याजदर अब छिट्टै एक अकंमा झर्छ "

बुधवार , फाल्गुण १६, २०८०

 


काठमाडौँ, फागुन । अर्थमन्त्री प्रकाशशरण महतले बैंकको ब्याजदर एक अकंमा झार्ने  प्रयास भईरहेको बताएका छन् ।  पश्चिम नवलपरासीको सदरमुकाम परासीमा उद्योग वाणिज्य संघ नवलपरासीले आयोजना गरेको औद्योगिक व्यापार मेला-२०८० उद्घाटन गर्दै महतले यस्तो बताएका हुन् ।

उनले भने, ‘मैले अर्थ मन्त्रालयको जिम्मेवारी लिँदा मुलुकको अर्थतन्त्र निकै नै कमजोर हालतमा थियो,अहिले अर्थतन्त्र खतरामुक्त छ ।’ 

उनले भने, ‘१७र१८ प्रतिशतको ब्याजदर अहिले ११ प्रतिशतको हाराहारीमा छ । अब केही समयमा नै ब्याजदर एक अकंमा झर्नेछ ।’

राजस्व संकलन, विदेशी पर्यटकको संख्या बढेको र मूल्यवृद्धि घट्दो अवस्थामा भएकाले ढुक्क भएर लगानी गर्न उद्योग व्यवसायीलाई अर्थमन्त्री महतले आग्रह गरे । 

महेषपुर भन्सार नाका मूल भन्सारमा परिणत भए पनि लक्ष्य अनुसार राजस्व संकलन नभएको भन्दै उनले राजस्व वृद्धिका लागि क्वारेन्टाइन, सडक पूर्वाधार विकासका लागि आगामी बजेटमा समावेश गरिने आश्वासन दिए ।

मेला फागुन ३० गतेसम्म चल्ने छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार