काठमाडौँ, फागुन । प्रधानमन्त्री पुष्पकुमार दाहाल प्रचण्डले सरकारमा रहेका मन्त्रीहरुको 'परफरमानेन्स' राम्रो नभएको र हेरफेर गर्नुपर्ने बिचार ब्यक्त गरिरहेका बेला गठबन्धन दलबीच छलफल सुरु भएको छ । नेपाली कांग्रेसको महासमिति बैठक सकिएसँगै सत्तारुढ दलबीच पटक पटक छलफल भएको हो ।
सरकार निर्माण भएको एक बर्षको अवधिमा सबैभन्दा बढी गृहमन्त्रालय नै बिबादमा आएको हो । भ्रष्टाचार र सुशासनका नाममा सुन प्रकरण, नेपाली नागरिकलाई भुटानी शरणार्थी र ललिता निवास प्रकरणमा छनविन भएको छ । सो छानविनमा मुछिएका मध्ये नेकपा एमाले र माओवादी समर्थितलाई बचाएर कांग्रेस समर्थितलाई मात्रै फँसाईयो भन्ने विवाद छ ।
गठबन्धन दलका बैठक हुँदा छलफलमा सहभागी हुने एक सदस्यले डेमोखबरसँग भने, यो प्रसंग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुरा उठाउँदा प्रधानमन्त्री प्रचण्डले देउवालाई गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफुखुसी गर्यो मैले भनेको पनि मानेन भन्ने जवाफ आएको प्रसंग उठाए ।
यस्ता प्रसंगमा गृहमन्त्री श्रेठले ब्यक्तिगत ईस्या, द्धैष र विभेदित काम गरेको सत्तारुढ दलको बैठकमा उठिनै रहेको उनले बताए ।
हालका दिनहरुमा भएका छलफलमा कांग्रेसको गृहमन्त्री भए माओवादी फसाउने, माओवादी भए काग्रेसलाई फँसाउने कार्य हुने भन्ने बिषय विबाद बनेको एक सदस्यले बताए । उनले थपे, अहिले सबैभन्दा बढी बिबाद गृहको नै रहेको पनि बताए ।
गठबन्धन र आ आफ्ना दलमा भएका छलफलमा अब मध्यमार्गी बाठो अपनाउनुपर्ने बिषयले प्रवेश पाएको ती सदस्यले बताए । कांग्रेसभित्रका एक समूहले पनि मध्यमार्गी बाटो अपनाऔँ, भनेर सुझाव दिएको र माओवादीको पनि एक समूहले पनि यही पक्षलाई पृष्ठपोषण गरेको ती सदस्यले बताए ।
अबको मध्यमार्गी बाटो के हुनसक्छ ? भनेर छलफल भएको र उपयुक्त ब्यत्ति को हुनसक्छ भनेर खोजी गर्दा गठबन्धन पनि जोगाउनुपर्ने बरिष्ठ, अनुभवी, विभेदरहित चल्नसक्ने र गठबन्धनमा बसेर चित्त नबुझाएर सरकारका काम कारवाहीबारे छलफल चलाउनुपर्छ भनेर खरो रुपमा उत्रिएका नेकपा एकीकृत समाजबादीको पनि चित्त बुझाउनुपर्ने गरी निर्णयमा पुग्ने बिषयमा छलफल भएको उनले थपे ।
गठबन्धनको छलफलमा उपयुक्त ब्यत्तिका रुपमा नेकपा समाजवादीका उपाध्यक्ष तथा सांसद राजेन्द्र पाण्डेको नाम प्रस्तावित भएको ती सदस्यले बताए । उनले थपे, सांसद पाण्डे संसदमा देउवा, ओली र रामचन्द्र पौडेल जत्तिकै ६ पटक सांसद भएका, बागमतीको मुख्यमन्त्री भईसकेका, स्थानीय बिकास मन्त्री भएर प्रभाव देखाईसकेका ब्यत्तित्वका रुपमा चित्रण गरी उनलाई गृहमन्त्री बनाउने बिषयमा लगभग मौखिक सहमति भएको ती सदस्यले बताए ।
यस बिषयमा पहिला त देउवाले नमानेको तर उनले पछि गठबन्धन पनि अगाडि बढाउनुपर्छ, ठिकै छ भन्ने जवाफ दिएको उनले थपे । उनले भने, प्रधानमन्त्री प्रचण्ड पनि यसमा सहमत छन । अब छिट्टै हेरफेर हुने गरी तयारी गरिएको जनाइएको छ ।