२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

त्रिदेशीय ट्वान्टी २० शृङ्खला

नामिबियाविरुद्धको पहिलो खेलमा नेपालले टस हार्‍यो

मंगलवार , फाल्गुण १५, २०८०

काठमाडौँ,फागुन।त्रिदेशीय ट्वान्टी २० शृङ्खलाअन्तर्गत नामिबियाविरुद्धको पहिलो खेलमा नेपालले टस हारेको छ ।

 कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा नामिबियाका कप्तान जेजे स्मितले टस जितेर पहिला ब्याटिङ रोजेका छन् । नेपाल, नामिबिया र नेदरल्यान्ड्सले आइसीसी विश्वकप क्रिकेट लिग–२ पछि ट्वान्टी २० खेल खेल्न लागेका हुन् ।

 यसअघि भएको एकदिवसीय नेपाल भ्रमणमा रहेको नामिबियाले त्रिवि मैदानमा पछिल्लो चार खेलमध्ये तीन खेलमा जित हासिल गरेको थियो । यता नेपालले भने नामिबियासँग पहिलो खेलमा चार विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा दुई विकेटको हार बेहोरेको थियो ।

 नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सोमपाल कामी, अभिनाश बोहोरा, विवेक यादव, दीपेद्र सिंह ऐरी, गुल्सन झा, करण केसी, सन्दीप जोरा, आरिफ शेख, प्रतिश जिसी, ललित राजवंशी, र अनिल शाह छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार