२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक  :   नयाँ शाखा थली र कमल विनायकमा 

आइतवार , फाल्गुण १३, २०८०

 

काठमाडौं, फागुन । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले थली र कमलविनायकमा २ वटा नयाँ शाखाहरु विस्तार गरेको छ । 

बैंकले कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ०५ मा थली शाखा र भक्तपुर नगरपालिका वडा नं. १० मा कमलविनायक शाखा संचालनमा ल्याएकोे हो । बैंकका प्रमुख कार्यकारी अधिकृत श्री ज्योतीप्रकाश पाण्डेले नयाँ शाखाहरुको उद्घाटन गरे । 

उद्घाटनमा बोल्दै श्री पाण्डे ज्यूले नयाँ शाखाहरुबाट ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु दिने बताउनुभयो ।

बैंकले हाल देशभरिमा २७० शाखा, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखा रहित बैंकिङ र २६४ वटा एटीएम मार्पmत सेवा प्रदान गरिरहेको छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार