२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक :  नयाँ २ शाखा स्थापना, स्वयम्भू र बालाजुमा 

शनिवार , फाल्गुण १२, २०८०

 

काठमाडौं,  फाल्गुन । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बिहीबारदेखि काठमाडौंमा २ वटा नयाँ शाखाहरु विस्तार गरेको छ । 

बैंकले काठमाडौं महानगरपालिका वडा नं. १५ मा स्वयम्भू शाखा र काठमाडौं महानगरपालिका वडा नं. १६ मा बालाजु शाखा संचालनमा ल्याएकोे हो । बैंकका प्रमुख कार्यकारी अधिकृत श्री ज्योती प्रकाश पाण्डे ज्यूले नयाँ शाखाहरुको उद्घाटन गर्नुभयो । 

कार्यक्रममा सिइओ पाण्डेले नयाँ शाखाहरुबाट ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु दिने बताउनुभयो । बैंकले गत महिना काठमाडौंमा अनामनगर र शंखमुल तथा ललितपुरमा सातदोबाटो र भैंसेपाटी शाखाहरु संचालनमा ल्याएकोे थियो । 

बैंकले हाल देशभरिमा २६८ शाखा, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखा रहित बैंकिङ र २६२ वटा एटीएम मार्पmत सेवा प्रदान गरिरहेको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार