२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

जाजरकोट भूकम्प 

रुकुम पश्चिम :  " २८ हजार अस्थायी आवास निर्माण गरियो "

शनिवार , फाल्गुण १२, २०८०

 

त्रिवेणी (रुकुम पश्चिम), फागुन । गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्र विन्दु बनाएर गएको भू्कम्पले क्षति पुर्याएको रुकुम पश्चिममा अस्थायी आवास निर्माणको काम जारी छ । चार महिनाको अवधिमा जिल्लाभर २८ हजार ३४ अस्थायी आवास निर्माण गरिएको छ । 

सबै पीडितका लागि अस्थायी आवास निर्माण गर्न केही समय लाग्ने सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिए ।  जिल्लाभर सात हजार तीन हजार ९१२ अस्थायी आवास निर्माणको चरणमा छन् । 

जिल्लामा लाभग्राही पहिचान भएका ३१ हजार ९६२ मध्ये अझै तीन हजार ९२८ परिवारको अस्थायी आवास निर्माण हुन बाँकी रहेको सहायक प्रजिअ बढुवालले बताएका छन । 

हालसम्मम सबैभन्दा बढी आठबीसकोट नगरपालिकामा आठ हजार  ९३३ र सबैभन्दा कम मुसीकोट नगरपालिकामा ७०८ अस्थायी आवास निर्माण गरिएको छ । 

चौरजहारी नगरपालिकामा छ हजार १९४, सानीभेरी गाउँपालिकामा पाँच हजार ७२१, त्रिवेणी गाउँपालिकामा तीन हजार ४९४ र बाँफीकोट गाउँपालिकामा लाभग्राही पहिचान भएका दुई हजार ९९३ अस्थायी आवास निर्माण गरिएको सहायक प्रजिअ बढुवालले जानकारी दिएका छन ।  

हालसम्म जिल्ला विपद् व्यवस्थापन कोषबाट ३१ हजार ९६२ लाभग्राहीका लागि स्थानीय विपद न्युनिकरण कोषमा रु २५ हजारका दरले रु ७९ करोड ९० लाख पठाएको छ । 

स्थानीय विपद् कोषबाट भने ३०  हजार २३१ लाभग्राहीले रु २५ हजारका दरले ७५ करोड ७५ हजार रकम प्राप्त गरेका छन् ।

अव जिल्लामा पहिचान भएका एक हजार  ७३१ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता पाउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार