२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

कांग्रेस महासमिति बैठक

नेता केसीको प्रस्ताव  : "   हजार र ५ सयका नोट प्रतिबन्ध लगाऔैं "

बुधवार , फाल्गुण ९, २०८०

 

काठमाडौँ, फागुन । कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीको महासमिति बैठकमा एकहजार र ५ सयका नोत प्रतिबन्ध लगाउनुपर्ने प्रस्ताव गरेका छन् । मुलुकको मुद्रालाई कालोधनको माध्यम बन्न नदिन विमुद्रीकरण गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

'राजनीतिमा लागेका हामी जस्ता व्यक्तिहरूले बोराका बोरा पैसा लुकाएर राखेका छन् । कोठाभरि पैसाको गोदाम नै बनाएका छन् भन्ने जनतामा भ्रमपूर्ण सन्देश पुर्‍याइएको छ ।  माफिया, विचौलिया, कालोधनका धनपतिहरूले सत्तामा पकड जमाएका छन् भन्ने आम विश्वास छ ।' 

'देशको मुद्रालाई कालोधनको माध्यम बन्न नदिन विमुद्रीकरण गनुपर्ने आवश्यकता छु उनले भनेका छन्,'त्यसैले एकहजार र पाँचसयका नोटमा प्रतिबन्ध लगाउनेसम्मको कदम चलाउन सरकार तयार हुनुपर्छ र कांग्रेसले नै यसको नेतृत्व लिने आँट गर्नुपर्छ ।'

उनले वित्तीय अराजकता र अनुशासनहीनता पराकाष्ठामा पुगेको उल्लेख गरेका छन् । 'भ्रष्टाचार विरोधको नारा भाषणमा मात्र सीमित छ । 

तसर्थ सम्पूर्ण चर्चित भ्रष्टाचारका काण्डहरूको छानबिनको लागि पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा देशले भरोसा गर्नसक्ने व्यक्तिहरूको शक्तिसम्पन्न न्यायिक आयोग गठनको प्रतिबद्धता गर्नुपर्दछ ।  यो प्रस्ताव मैले धेरैपटक पार्टीको केन्द्रीय समितिको बैठकमा पनि प्रस्तुत गरेको छु'  उनले भनेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार