२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कांग्रेस महासमिति बैठक

सभापति देउवाले भने :  " संविधानको रक्षा कांग्रेसको प्राथमिकतामा "

 सुरक्षा र कार्यान्वयनमा कांग्रेस दृढ  

सोमवार , फाल्गुण ७, २०८०

 

काठमाडौँ, फागुन । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्वमा बनेको संविधानको सुरक्षा र कार्यान्वयन अबको कार्यदिशा हुने बताएका छन् । 

महासमिति बैठकको सोमबार उद्घाटन गर्दै सभापति देउवाले संविधानको सार्थक कार्यान्वयनमा लाग्नुपर्ने बताएका हुन् । 

२०७२ सालमा कांग्रेसको नेतृत्वमा संविधान बनेको बताउँदै सभापति देउवाले त्यसको रक्षाका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताएका हुन् ।

वर्तमान संविधान कांग्रेसको नेतृत्वमा बनेको हो । 

'संविधानमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्र, संसदीय व्यवस्था कांग्रेको मान्यतामा बनेको हो,' उनले भने, 'संविधानको सार्थक कार्यान्वयन आजका मुख्य एजेन्डा हुन् । कांग्रेस संविधानको सुरक्षा र कार्यान्वयनका पक्षमा दृढ छ । यो हाम्रो दायित्व पनि हो ।'

संविधानको उचित कार्यान्वयनले देशमा दिगो शान्ति, सुशासन, विकास र समृद्धि ल्याउन सकिन्छ भन्नेमा कांग्रेस स्पष्ट रहेको सभापति देउवाको भनाइ थियो । 

संविधान गतिशील दस्तावेज भएको भन्दै त्यसमा आवश्यक संशोधनको पक्षमा कांग्रेस रहेको पनि देउवाको भनाइ थियो ।

'संविधानको दीर्घ जीवनका लागि संविधानमाथि जनताको स्वीकार्यता र स्वामित्व स्थापित गर्न आवश्यक हुन्छ । संविधान जनताको आशा, भरोसा र मर्यादा गर्ने विषय बन्नुपर्दछ ।'

संविधान बनेको ८ वर्ष भइसकेको हो,' उनले भने, 'संविधानभित्र कार्यान्वयनका क्रममा देखा परेका समस्या, जटिलता वा अस्पष्टतासमेत पहिचान गर्ने समय आएको छ ।'

'संविधानले व्यवस्था गरेको शासकीय स्वरुप र मूलभूत विषयमा प्रतिकूल प्रभाव नहुने गरी संविधान संशोधन गर्ने छटलफल प्रारम्भ गर्नुपर्दछ ।'

संविधानको रक्षा कांग्रेसको प्राथमिकतामा रहेको देउवाको भनाइ थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार