२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

गाजामा मृत्यु हुने प्यालेस्टाइनीक सङ्ख्या २८ हजार ७७५ पुग्यो

शुक्रवार , फाल्गुण ४, २०८०

 

गाजा, फागुन । गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २८ हजार ७७५ पुगेको छ  भने अन्य ६८ हजार ५५२ जना घाइते भएको  हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ।

मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै इजरायली सेनाको आक्रमण बाट गत २४ घण्टामा ११२ प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ । साथै  उक्त आक्रमणबाट अन्य १५७ जना घाइते भएका छन्।

प्यालेस्टिनी चिकित्सा स्रोतहरूले सिन्ह्वालाई बताए अनुसार गाजाको दक्षिणी शहर रफाहमा इजरायली हवाइ आक्रमणमा कम्तीमा ११ प्यालेस्टाइनीको मृत्यु भएको छ।

यसैबीच, मन्त्रालयले इजरायली सेनाले आक्रमण गरेपछि गाजा पट्टीको दक्षिणमा रहेको खान युनिसको नासेर अस्पतालमा अक्सिजन आपूर्ति रोकिएको र बिजुली समेत अवरुद्ध हुँदा  ४ जना प्यालेस्टिनी बिरामीको मृत्यु भएको जनाएको छ।
 
यसैबीच दुईजना महिलाले 'बिजुली, पानी, खाना लगायत अत्यावश्यक मानवीय आपूर्ति अभावको विषम अवस्थामा बच्चा जन्माएका छन्। रासस/ सिन्ह्वा

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार