२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

 माओवादी  विधान अधिवेशन

अध्यक्ष दाहालले भने : नाममा -'माओवादी' फ्याँक्न सकिन्छ, 'कम्युनिस्ट' छोड्न सकिन्न

 अध्यक्षको प्रस्ताव  : नेकपा राखेर समाजवादी, वाममोर्चा राख्न विकल्प खुला राख्ने 

बिहिवार , फाल्गुण ३, २०८०

 

काठमाडौँ, फागुन । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको नामबाट माओवादी हटाउन सकिने भए पनि कम्युनिस्ट पार्टी भने कायम राख्नुपर्ने बताएका छन् । उनले विधान अधिवेशनमा नेकपा राखेर समाजवादी, वाममोर्चा राख्न विकल्प खुला राख्ने गरी प्रस्ताव राखेका छन् ।

‘नेपाल कम्युनिस्ट पार्टी कहिले पनि छाड्न सकिन्नँ । वाम मोर्चा, समाजवादी मोर्चा, एकता इत्यादि हुँदा पछाडि पुच्छरबारे छलफल गर्ने विकल्प खुला राख्न सकिन्छ,ु दाहालको हलबाट आएको सुझावलाई संश्लेषण गर्दै भने ।

हाल पार्टीको चुनाव चिन्ह भने नफेरिने दाहालको भनाइ थियो । हाल पार्टीको नाम फेर्न खुला राखे पनि तत्काल पुरानै राखिने भएको छ । ‘अहिले नाम यथावत् राख्ने र चुनाव चिन्ह पनि थथावत् राख्नुपर्छ’ दाहालले भने ।

दाहालले पार्टी केन्द्रीय समिति प्रत्यक्ष निर्वाचित र पदाधिकारी केन्द्रीय समितिले गर्ने बताएका छन् । जारी विधान अधिवेशनलाई सम्बोधन गर्दै उनले समूहगत सुझावको आधारमा यो प्रावधान उपयुक्त हुने बताएका छन् ।

त्यस्तै विधानमा प्रस्ताव गरिएको भन्दा केन्द्रीय समितिको संख्या बढाउने निश्कर्षमा माओवादी पुगेको छ । मस्यौदामा १५१ सदसीय प्रस्ताव गरेकोमा अब १९९ सदसीय हुने छ । पदाधिकारीको संख्या घटाएर ११ बनाउने निश्कर्ष पनि माओवादीले निकालेको छ ।

अध्यक्ष दाहालले मंगलबार अधिवशेनमा प्रस्तुत गरेको विधान मस्यौदामाथि सबै समूहले सुझाव दिनक्रम बिहीबार सकिएको छ ।  प्रतिनिधिको सुझावको आधारमा विधानलाई अन्तिम रुप दिई हलबाट पारित गर्ने तयारी छ । सुझावलाई समावेश गर्ने हो भने अब माओवादी नेतृत्व प्रत्यक्ष निर्वाचन विधिबाट चयन हुने छ ।

मङ्गलबारदेखि काठमाडाौको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो ।  बुधबार १३ र बिहीबार सात समूहले बाट मस्यौंदा विधानमाथि सुझाव प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार