२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

आज विहान भएको कपिलवस्तु बस दुर्घटना १० जनाको मृत्यु, ३० घाइते

बिहिवार , फाल्गुण ३, २०८०

चन्द्रौटा (कपिलवस्तु), ३ फागुन :  कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको  मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली  यातायातद्वारा  सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस आज विहान  सडकबाट दुई सय मिटर तल खसेको थियो ।  
 
दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ  ।  सनाखत भएका रौतहट औराही ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, हुपाली सेना ,कालीजङ्ग गण गोरुसिङ्गेमा कार्यरत सल्यानका अर्जुनकुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान, कञ्चनपुरको भिमदत्त नगरपालिका १ का २७ वर्षीय राहुलराम कामी, भीमदत्त –४ का २४ वर्षीय उमेश भण्डारी, भीमदत्त– १६ का सञ्जु थापा, पुनरवास नगरपालिकाका किन भट्ट रहेका छन् ।

मृतकको विवरण (पहिचान)  आइसकेको छैन । कार्यालयका प्रहरी निरीक्षक नवरत्न पौडेलका अनुसार  दुर्घटनामा ३० जना घाइते भएका ती मध्ये नौ जनालाई बुटवल ‘रिफर’ गरिएको छ । अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार