२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

एसिसी महिला प्रिमियर लिग क्रिकेट : नेपालले पहिला फिल्डिङ गर्ने

बुधवार , फाल्गुण २, २०८०

काठमाडौँ, फागुन।  मलेसियामा जारी एसिसी महिला प्रिमियर लिग क्रिकेट प्रतियोगिताको क्वाटरफाइनल खेलअन्तर्गत कुवेतविरुद्धको खेलमा नेपालले टस हारेको छ । 

मलेसियाको क्वालालाम्पुरमा भरखरै भएको टसमा कुवेतकी कप्तान अम्ना तारिकले टस जितेर पहिला ब्याटिङ रोजेकी छन् । यससँगै नेपालले पहिला फिल्डिङ गर्नेछ । यसअघि नेपालले हङकङ, भुटान र माल्दिभ्सलाई पराजित गर्दै क्वाटरफाइनमा पुगेको हो ।

नेपालले हङ्कङ र भुटानलाई समान आठ÷आठ विकेटले पराजित गरेको थियो भने माल्दिभ्सलाई दुई सय १४ रनको भारी अन्तरले पराजित गरेको थियो । कुवेतले म्यानमार र सिङ्गापुरलाईलाई पराजित गरेको थियो भने थाइल्याण्डसँग पराजित भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार