२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

मौसम पूर्वानुमान महाशाखा भन्छ

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  : देशभर बदली,  हल्का वर्षाको सम्भावना

बुधवार , फाल्गुण २, २०८०

 

काठमाडौँ,  फागुन । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसका कारण अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको मौसम बुलेलिटनअनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । रातिको समयमा पनि कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

कोशी, बागमती र गण्डकी प्रदेशको उच्चपहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा  हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार