२०८३, कार्तिक १९ गते

बुधवार, कार्तिक १९ गते २०८३

माओवादी विधान अधिवेशन 

 छलफल गर्न बीस समूह बने  :   " बुधबार अपराह्न १ बजेसम्म छलफल गरिँदै "

एक समूहमा ५० देखि ५५ जना छुट्टयाइए

मंगलवार , फाल्गुण १, २०८०

 

काठमाडौँ, फागुन । राजधानीमा आजदेखि सुरु भएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को प्रथम विधान अधिवेशनमा २० समूह बनाएर छलफल थालिएको छ । 

सहभागीमध्येबाट एक समूहमा ५० देखि ५५ जना छुट्टयाइएर विधान मस्यौदमा छलफल प्रारम्भ गरिएको महासचिव देवप्रसाद गुरुङले  जानकारी दिएका छन । 
 
भोलि बुधबार अपराह्न १ बजेसम्म छलफल गरी आफ्नो समूहको निष्कर्ष अधिवेशनमा प्रस्तुत गर्नुपर्ने उनले जानकारी दिए । बीस वटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिमरुप दिइनेछ ।
 
तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा एक हजार दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता छ । 

सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी तथा जनवर्गीय सङ्गठनका पदाधिकारीको सहभागिता छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार