२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

माल्दिभ्सविरुद्धको खेलमा नेपालले टस जित्यो

मंगलवार , फाल्गुण १, २०८०

काठमाडौँ,फागुन।एसिसी महिला प्रिमियर लिग क्रिकेटअन्तर्गत माल्दिभ्सविरुद्धको खेलमा नेपालले टस जितेको छ । मलेसियाको क्वालालाम्पुरमा भर्खरै भएको टसमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितेर पहिला ब्याटिङ रोजेकी छन् ।

यससँगै माल्दिभ्सले अब पहिला फिल्डिङ गर्नेछ । समूह ‘डी’ को खेलमा नेपालले लगातार दोस्रो जित निकाल्दै चार अङ्कका साथ क्वार्टरफाइनलमा स्थान बनाइसकेको छ ।

नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा भुटानलाई समान आठ विकेटले पराजित गरेको थियो । माल्दिभ्स भने प्रतियोगितामा लगातार दोस्रो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको छ । 

माल्दिस पहिलो खेलमा भुटान र दोस्रो खेलमा हङकङसँग पराजित भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार