कठमाडौँ, माघ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड आज मिति माघ २९ गते उदय नेपाली श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न भएको छ ।
सभाले नियमित एजेण्डाहरु सञ्चालक समितिको चौथो वार्षिक प्रतिवेदन, आ.व. २०७९÷०८० को सहायक कम्पनी रिलायवल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल लि. सहितको एकिकृत वित्तीय विवरणहरु, लेखापरीक्षकको नियूक्तीका साथ शेयरधनीहरुलाई १६ प्रतिशत वोनस शेयर र ०.८४ प्रतिसत नगद लाभांश पारित गरेको छ ।
सो अनुरुप पूँजी वृद्धि गर्ने र प्रवन्धपत्रका सम्वद्ध दफाहरु संशोधन गर्ने साधारण तथा विशेष प्रस्तावहरु पारीत गरेको छ ।
वार्षिक साधारण सभावाट कम्पनीमा पहिलो पटक सर्वसाधारण शेयरधनीहरुको तर्फवाट डा. भिष्म कार्की र दिवेश लोहनी निर्मिरोध निर्बाचित भएका छन ।
यसै वर्ष सर्वसाधारणमा प्रिमियममा शेयर जारी गरेको कम्पनीको कम्पनीको चुक्ता पुँजी रु. ४ अर्व ६४ करोड पुरा भएको छ ।
वार्षिक साधारण सभामा शेयरधनीहरुले राख्नु भएका जिज्ञासाहरु उपर कम्पनीका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतज्यूहरुले जवाफ दिनु भएको थियो ।
यस उपलक्ष्यमा कम्पनीलाई यहाँ सम्म पु¥याउन सहयोग गर्नुहुने वीमित, अभिकर्ता, एजेन्सी म्यानेजर, नियमनकारी निकाय, शेयरधनीहरु, कर्मचारी, पत्रकार तथा सम्पूर्ण शुभचिन्तक तथा सरोकारवाला महानुभावहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दै अगामि दिनहरुमा समेत सहयोग तथा विश्वासको अपेक्षा गरेको गरीएको व्यहोरा अवगत गर्दछौं ।