२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाल–क्यानडा श्रृंखला

क्यानडाद्वारा नेपालसामु दुई सय ८६ रनको लक्ष्य प्रस्तुत

शनिवार , माघ २७, २०८०

काठमाडौँ, माघ। क्यानडाविरुद्धको तीन एकदिवसीय सिरिजअन्तर्गत आज भएको दोस्रो खेलमा क्यानडाले नेपालसामु दुई सय ८६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको क्यानडाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ८५ रनको योगफल बनायो । क्यानडाका लागि ओपनर आरोन जोन्सनले सर्बाधिक ६५ रन जोडे ।

उनले ६२ बलमा १० चौका र दुई छक्कासहित ६५ रन बनाएका हुन् । त्यस्तै नवनित धलिवालले ४६ रन बनाए । श्रेयश मोभ्वाले ४० रन बनाए ।

पर्गत सिंहले ३८ रन बनाए भने निकोलस कीर्तन र उदय भगवान्ले समान २०÷२० रन जोडे । दिलप्रित बज्वाले १९ तथा शाहिद अहमदजाइलाई १३ रन बनाए ।

नेपालका लागि रोहित पौडेल र कुशल मल्लले समान दुई–दुई विकेट लिए भने सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सर्राफले एक–एक विकेट लिए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार