२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

देशभर चिसो बढ्याे

पश्चिमी वायु नेपाल प्रवेश  : वर्षा सरदरभन्दा कम, चिसो झन् बढ्ने

अरू असर कहाँ कस्तो पर्छ ?

बुधवार , माघ १७, २०८०

नेपालमा पश्चिमी वायुसँगै सिर्जना भएका न्यून चापीय प्रणालीका कारण खासगरी पश्चिम नेपालमा वर्षा र हिमपातको क्रम देखापर्ने जल तथा मौसम विज्ञान विभागका अधिकारीहरूले बताएका छन्।

पूर्वी तथा मध्य पहाडी क्षेत्रमा समेत छिटफुट वर्षा हुन सक्ने भए पनि पूर्वी तराईका कोशी र मधेस प्रदेशमा त्यसको असर देखिने सम्भावना नरहेको उनीहरूको भनाइ छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारी यो नियमित मौसमी प्रक्रिया भए पनि यस पटक कमै न्यून चापीय प्रणाली देखापरेको बताउँछन्।

'मौसममा हलचल आउनका लागि धेरै न्यून चापीय प्रणालीहरू आवश्यक पर्छ। वर्षाका दृष्टिले यसले केही ठाउँमा मात्र फाट्टफुट्टदेखि हल्का वर्षा गराउने सम्भावना छ,' उनी भन्छन्।

'तर उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपात गराउने सम्भावना छ।'

नेपालमा मनसुनी वायु बर्सेनि चार महिनाजति पूर्वतिरबाट पश्चिमतर्फ बहने क्रम पाइन्छ भने बाँकी आठ महिना पश्चिमी वायुको प्रभाव रहने गरेको छ।

यो वर्षको हिउँदको एक महिना जति मात्र समय बाँकी रहँदा हिउँदे वर्षा सरदर भन्दा कम नै पाइएको अधिकारीहरू बताउँछन्।

हिउँदे खडेरीको रूपमा कतिपयले अहिलेको अवस्थालाई हेरेका छन्। एक जना विज्ञले बुधवारदेखिको मौसमी प्रवृत्तिले त्यसमा  'खासै राहत नदिने' बताउँछन्।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभाग प्रमुख प्राध्यापक दीपक अर्याल भन्छन्, 'सामान्यतः पश्चिमी वायु यति खेरसम्म नेपालमा प्रवेश गरेर राम्रै पानी पारिसक्थ्यो। गत साल समेत त्यस्तो भएको थिएन। ओस एकदमै कम छ त्यसैले तराइतिर पानी पर्ने सम्भावना एकदमै कम छ।'

प्रभाव कस्तो पर्ला ?

48ea29b0-c001-11ee-ace0-c35c1b4f6d82.jpg
undefined

मौसममा अस्थिरता देखा परेसँगै हुने गतिविधिले 'हुस्सु तथा कुहिरो कम हुने, छिट्टै हट्ने र केही स्थानमा मात्र रहनेू सम्भावना हुने मौसमविद् अधिकारी बताउँछन्।

खासगरी तराईमा मौसम नखुल्दा जनजीवन कष्टकर हुनुका साथै हवाई उडानहरू समेत उल्लेख्य सङ्ख्यामा प्रभावित हुने गरेकाले यस मौसमी गतिविधिले त्यहाँ राहत पुग्न सक्ने ठानिएको छ।

एक किलोमिटर भन्दा कम पारदर्शी हुँदा कुहिरो र एकदेखि पाँच किलोमिटरसम्म पारदर्शी हुने अवस्थालाई हुस्सु भनिन्छ।

शितलहर समेत अर्को समस्या रहेकाले केही दिनमा त्यस अवस्था समेत फेर्न यस पश्चिमी वायुले सघाउने मौसमविद्हरू बताउँछन्।

'त्यसबाहेक प्रदूषण समेत कम हुने सम्भावना रहन्छ,' सञ्जीव अधिकारी भन्छन्।

'यस प्रणालीले पानी पार्दा वा हिमपात गराउँदा वा बादलले आकाश ढाक्दा अधिकतम तापक्रम नबढ्ने वा न्यूनतम तापक्रम समेत केही घट्ने सम्भावना हुन्छ। जसका कारण केही दिन चिसो बढ्ने भए पनि केही दिनपछि फेरि तापक्रम बढ्ने क्रम सुरु हुन्छ।'

सामान्यतः तीन महिने अवधिको नेपालको हिउँदमा मध्य माघबाट तापक्रम बढ्ने प्रवृत्ति धेरैतिर पाइने गरेको बताइन्छ। 

न्यूनचापीय प्रणाली यस पटक कम बनेको हो ?

805098d0-c001-11ee-896d-39d9bd3cadbb.jpg
undefined

हिउँदमा वर्षभरि हुने वर्षाको औसत ४ प्रतिशत जति पानी पर्ने गरेको नेपालमा यस पटक उल्लेख्य वर्षा भएको छैन 

मौसम विज्ञानको भाषामा न्यून चापीय क्षेत्र तथा रेखा भनिने गरेको मौसम प्रणाली खास गरी एअर प्रेसर वा वायुको चापसँग सम्बन्धित रहेको र त्यसले आर्द्रतालाई खिचेर पानी पार्ने सम्भावना दर्साउने मौसमविद्हरू बताउँछन्।

न्यून चाप भएको क्षेत्रमा एअर प्रेसर कम हुन्छ अनि त्यसले वरपरको आर्द्रता खिच्छ र बादल विकसित हुन्छ।

'न्यून चाप भनेको मौसमी हलचल हुने अवस्था हो भने उच्च चाप भनेको मौसम स्थिर रहने अवस्था हो,' मौसमविद् सञ्जीव अधिकारी भन्छन्।

'मौसम हलचल भएकै अवस्थामा बादल विकास हुने र पानी पर्ने गर्छ। हिउँदमा पोहोर परार भन्दा यसपालि न्यून चापीय प्रणालीको असर कमै देखिएको छ।'

तर प्राध्यापक अर्यालले पश्चिमी वायुको प्रणाली ुमनसुनजस्तो आउँछ नै भन्ने सुनिश्चित प्रणाली नरहेकोु बताउँछन्।

उनी भन्छन्, '२०-४० वर्षअघि पनि यसबेला पानी नै नपरेको समेत देखिन्छ।'

हिउँदमा वर्षभरि हुने वर्षाको औसत ४ प्रतिशत जति पानी पर्ने गरेको पाइन्छ।

सबैभन्दा बढी वर्षा मनसुनमा झन्डै ८० प्रतिशत वर्षा हुन्छ भने प्री(मनसुनमा औसत १२ प्रतिशत र पोस्ट-मनसुनमा पाँच प्रतिशत जति हुने गरेको पाइन्छ।
 बीबीसीबाट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार