२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

मौसम पूर्वानुमान महाशाखा भन्छ

पश्चिमी न्यूनचापीय प्रणालीकाे प्रभाव  : " मंगलबार रातिदेखि केही ठाउँमा हिमपात र वर्षा "

यस्तो छ मंगलबार रातिदेखि ३ दिनको मौसम पूर्वानुमान

मंगलवार , माघ १६, २०८०

 

काठमाडौँ, माघ । पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण बुधबार अपराह्नदेखि नेपालको सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरू सर्ने क्रममा सुभागका धेरै स्थानहरूमा साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ।

न्यूनचापीय प्रणालीका कारण बुधबारदेखि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरूका धेरै स्थानहरूमा तथा वाग्मती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरूका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही भू-भागहरूमा तथा वाग्मती र कोशी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । 

साथै उक्त प्रणालीका कारण बुधबार र बिहीबार तापक्रम घटेर हल्का चिसो बढ्न सक्ने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । आउँदो शुक्रबारदेखि भने क्रमशः सुदूरपश्चिम प्रदेशबाट मौसममा सुधार हुँदै जाने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले आगामी २४ घण्टामा कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूका साथै बाँकी पहाडी भू-भागका एक/दूई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक उपाय र सतर्कता अपनाउन आग्रह गरेको छ ।

 

यस्तो छ मंगलबार रातिदेखि ३ दिनको मौसम पूर्वानुमान :

१६ गते मंगलबार :

राति  : देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ।

कोशी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।  देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक(दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

 १७ गते बुधबार :

दिउँसो : गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। 

कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूका साथै बाँकी पहाडी भू-भागका एक/दूई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। 

कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राति : गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूका साथै बाँकी पहाडी भू-भागका एक/दूई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। 

सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।


 
 १८ गते बिहीबार  :

दिउँसो  : गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलागयत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूका साथै बाँकी पहाडी भू-भागका एक/दूई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। रहनेछ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू - भागका केही स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राति : कोशी, वाग्मती र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। 

देशका भू-भागका एक/दूई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

- कान्तीपुरबाट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार