२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

आज काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

शुक्रवार , माघ १२, २०८०

काठमाडौँ ।आज काठमाडौँमा यस वर्षकै सबैभन्दा बढी चिसो महसुस भएको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गरेको मापनमा काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको जनाएको छ । जुन यो वर्षको हिउँद याममा अहिलेसम्मकै कम तापक्रम मापन हो ।

शुक्रबार बिहान  काठमाडौँको न्यूनतम तापक्रम ३।४ डिग्री सेल्सियस मापन भएको छ । यसअघि माघ ८ गते साँझ काठमाडौँको न्यूनतम तापक्रम ३।२ डिग्री सेल्सियस मापन भएको थियो ।

अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हिउँदे वर्षा नभए पनि माथिल्लो तहमा चिसो बादल आएकाले मौसम चिसिएको छ । त्यसैले उपत्यका लगायत देशैभर जाडो झन् बढ्दो क्रममै छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार