काठमाडौँ, माघ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ एक दिवसीय विश्वकप क्रिकेटमा आज नेपालले पहिलो खेल खेल्दैछ । नेपालले टेष्ट राष्ट्र न्यूजिल्याण्डसँग खेल्न लागेको हो ।
खेल दिउँसो १ः४५ बजेदेखि शुरु हुनेछ । नेपाल र न्यूजिल्याण्ड समूह डी मा रहेका छन् । यो समूहमा पाकिस्तान र अफगानिस्तान पनि रहेका छन् ।
नेपालले यसअघि न्यूजिल्याण्डसँग दुई पटक खेलेको छ र दुवै पटक नेपाल विजयी भएको छ । यो खेल जित्दा नेपालको अर्को चरण प्रवेशको सम्भावना बलियो हुन्छ । गएराति भएको खेलमा पाकिस्तानले अफगानिस्तानमाथि १८१ रनको फराकिलो जित हासिल गरेको छ ।
यसअघि गएराति भएका अन्य खेलमा भारत र इङ्गल्याण्ड विजयी भएका छन् । भारतले बंगलादेशलाई ८४ रनले पराजित गर्यो । भारतले ७ विकेटको क्षतिमा २५१ रन बनाएकामा बंगलादेश १६७ रनमै अलआउट भएको थियो । त्यस्तै अर्को खेलमा इङ्गल्याण्डले स्कटल्याण्डलाई ७ विकेटले पराजित गर्यो ।
यस्तो छ विश्वकप खेल्ने नेपाली टिमः
देव खनाल ९कप्तान०, अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशनकुमार झा, दिपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुभाष भण्डारी, दीपक बोहरा ए, दिपक बोहरा बी, उत्तम थापा मगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द ।