२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

नेपाल क्रिकेट संघ : ' क्रिकेटर सन्दीपलाई गर्‍यो निलम्बन '

बिहिवार , पौष २६, २०८०

काठमाडौँ, पुस ।  नेपाल क्रिकेट संघ क्यानले बलात्कार अभियोगका दोषी क्रिकेटर सन्दीप लामिछानेलाई निलम्बन गरेको छ ।

बलात्कारमा दोषी ठहर सन्दीपलाई अदालतले आठ वर्षको कैद सजाय सुनाएपछि बिहीबार  क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आज एक विज्ञप्ति घरेलु र अन्तर्राष्ट्रिय खेलबाट निलम्बन गरेको हो बताएका छन ।  

न्यायाधीश शिशिरराज ढकालको इजलासले बुधबार सन्दीपलाई आठ वर्ष कैद सजाय र ५ लाख क्षतिपूर्ति भराउने आदेश गरेको थियो ।

पीडित गौशाला २६ ले २०७९ भदौ २१ गते सन्दीपविरुद्ध गौशाला प्रहरी कार्यालयमा दिएको उजुरीमा यही पुस १३ गते न्यायाधीश ढकालको एकल इजालसले सन्दीपलाई दोषी ठहर गरेको थियो । बुधबार कैद सजाय सुनाइएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार