२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

जर्मनीका खेलाडी बेकेनबाउरको ७८ वर्षको उमेरमा निधन

मंगलवार , पौष २४, २०८०

म्युनिख । विश्वकै  खेलाडीहरू मध्ये एक मानिने  जमर्नीका लिजेन्ड फ्रान्ज बेकेनबाउरको ७८ वर्षको उमेरमा निधन भएको छ । खेलाडी र प्रशिक्षकका रूपमा विश्वकप जित्ने सीमित खेलाडीहरू मध्ये उनी एक हुन् ।

सन् १९७४ मा पश्चिम जर्मनीको कप्तानी गर्दै विश्वकप जितेका थिए ।त्यसपछि सन् १९९० मा प्रशिक्षकका रूपमा उनले पुनः विश्वकपको ट्रफी उचाले । उनीबाहेक यो उपलब्धि फ्रान्सका डिडिएर डेस्च्याम्प्स र ब्राजिलका मारियो जागालोले मात्र हासिल गर्न सफल भएका छन् ।

डिफेन्डर र मिडफिल्डरका रूपमा मैदानमा उत्रने बेकेनबाउरले जर्मन महारथी बायर्न म्युनिखका लागि ५८२ खेल खेल्दै लिग उपाधि पनि जितेका थिए ।‘डर काइसर’ उपनामले चिनिने बेकेनबाउरले सन् १९७२ मा युरोपियन च्याम्पियनसिपको उपाधि जितेका थिए । सन् १९६६ को विश्वकपमा उनले मात्र २० वर्षको उमेरमा चार गोल गरेका थिए । उनी प्रतियोगिताको उत्कृष्ट युवा खेलाडी घोषित भए । पश्चिम जर्मनीका लागि उनले १०३ खेल खेलेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार