काठमाडौँ, पुस । पछिल्लो समय छिमेकी मुलुक भारत र चीनसहित विश्वका विभिन्न देशमा देखिएको कोभिड (१९ को सब) भेरियन्ट जेएन.१ नेपालमा पनि देखिएको छ ।
स्वास्थ्य मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा पहिलो पटक जेएन.१ को संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार ७ वटा नमुनामा जेएन.१ पुष्टि भएको छ ।
देशका विभिन्न भागहरूबाट विभिन्न उमेर समूहका व्यक्तिहरूबाट १६ वटा नमुना संकलन गरी आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जिनोम सिक्वेन्सिङ गरेको थियो ।
मन्त्रायलले कोभिड(१९ को सब-भेरियन्टको बढ्दो संक्रमणलाई ध्यान दिँदै सीमा नाकाका हेल्थ डेस्कहरूलाई आवश्यक स्क्रिनिङ गराउन अनुरोधसमेत गरेको छ ।
त्यस्तै स्वास्थ्य कार्यालयहरूलाई पनि मन्त्रालयले आवश्यक स्क्रिनिङ र निगरानीका साथै स्वास्थ्य उपचार व्यवस्थापनको तयारी अवस्थामा रहन मन्त्रालयले अनुरोध गरेको छ ।
संक्रमण र संक्रमणको फैलावट रोकथाम गर्न आम सर्वसाधारणलाई पनि जनस्वास्थ्यका मापदण्ड (भीडभाडमा नजान, भौतिक दूरी कायम गर्न, मास्कको प्रयोग गर्न, र साबुन पानीले हात धुन) अनिवार्य रूपमा पालना गर्नरगराउन मन्त्रालयले अपिल गरेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड–१९ को नयाँ भेरिएन्ट ‘जेएन।१’ तथा इन्फ्लुएन्जाको संक्रमण बढिरहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिसकेको छ ।
डब्लूएचओले कोरोना संकटकाल अन्त्य भएको घोषणा गरे पनि जोखिम भने रहिरहेको जनाएको र कोरोनाको निरन्तरतालाई ध्यान दिएर सरकार जहिले पनि यस विषयमा गम्भीर हुनुपर्ने सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुन बताउँछन् । ‘
अहिले रुघाखोकी र ज्वरोको सिजन छ । बेलैमा परीक्षण गर्न पाएमा रोग पत्ता लगाई समाजमा फैलिन सक्ने खतराबाट बचाउन र रोग निदान गर्न सकिन्छ,’ उनले भने ।
