२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

नेपाली कांग्रेस 

महामन्त्री थापाले भने : " ०४६ पछि उच्च ओहदामा बस्नेको  सम्पत्ति छानविन गरौंँ "

दोषीलाई कारबाहीको दायरामा ल्याउँ

शनिवार , मंसिर १६, २०८०

काठमाडौँ, मंसिर । ०४६ सालपछि उच्च अहोदामा बसेर अवैधानिक ढंगले सम्पत्ति आर्जन गर्ने सबैको सम्पत्ति छानविन गर्ने कानुन बनाउन नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रस्ताव गरेका छन् ।

शनिबार कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलनमा बोल्दै महामन्त्री थापाले संसद्मा आफ्नै पार्टीले नेतृत्व गरेर उच्च ओहोदामा बसेर अख्तियारको दुरुपयोग गरेर अकुत कमाएकाहरूको सम्पत्ति छानविन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।

भ्रष्टाचार गर्ने मान्छे जो सुकै होस्, दोषी छ भने उसलाई कसैले जोगाउन सक्दैन । निदोष छ भने कसैलाई केही हुँदैन । नेपाली कांग्रेसले यो बेला सबैले निर्धक्क भएर यो कुरामा विश्वास गर्ने बातावरण बनाउनुपर्छ, उनले भने, ०४६ साल पछाडि उच्च ओहोदामा बसेर जसले अवैधानिक ढंगले सम्पत्ति कमाएको छ, उसको सम्पत्ति छानविन गरौं ।

जसले अनियमित ढंगले सम्पत्ति कमाएको छ, उसले सम्पत्ति खोसेर कानुनको दायरामा ल्याउनुपर्छ । यसको नेतृत्व कांग्रेसले गर्ने कि नगर्ने ? महामन्त्री थापाले कांग्रेसमा समाज र देशका लागि भएको सम्पत्ति गुमाएर काम गर्ने नेता कार्यकर्ताको खाँचो नभएको बताए ।

गाउँ गाउँमा कांग्रेसका साथीहरूले खानेपानीदेखि सडकसम्म सार्वजनिक काममा आफ्नो सम्पत्ति खर्च गरेर काम गर्नुभएको छ, कांग्रेसले भ्रष्टाचार गर्दैन, भ्रष्टाचारीलाई कारबाही गर्छ भन्ने विश्वास दिलाउन हामीले अगुवाई किन नलिने ?, महामन्त्री थापाले प्रश्न गरे ।

उनले अहिले कांग्रेससहितको गठबन्धन सरकार भएको भन्दै सरकारलाई जनताको सवालमा केन्द्रीत भएर काम गर्न आग्रह गर्दै आएको बताए । अहिले वडादेखि केन्द्रसम्म कांग्रेस सरकारमा छ । तर केन्द्र सरकारको नेतृत्वमा कांग्रेस छैन ।

हामीले प्रधानमन्त्रीलाई भेटेर पटक पटक जनजीविकाको सवालमा केन्द्रीत हुन ध्यानाकर्षण गराएका छौँ, उनले भने, सहकारीमा समस्या छ, सरकारले अध्ययन गरेर रिपोर्ट पनि बनाएको छ, तर रिपोर्टमा दिइएको विज्ञको सुझाव अनुसार काम भएको छैन । हरेक क्षेत्रमा त्यस्तै समस्याहरू छन् ।

महामन्त्री थापाले सिंगै सरकारले गर्ने काममा प्रश्न उठाउने ठाउँ भएपनि कांग्रेसको नेतृत्वमा हुने कामले जनताको मन छुने अवस्था किन नआउने भन्ने प्रश्नको जवाफ खोजी गर्नुपर्ने बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार