२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

नेपाली कांग्रेस 

 नेता कोइरालाले भने  : " नेतृत्वको त्यागले मात्रै कांग्रेस र देश परिवर्तन हुन्छ  "

कांग्रेसलाई परिवर्तन हुन पार्टीभित्रको निराशा अन्त्य जरुरी '

शनिवार , मंसिर १६, २०८०

 

बुटवल, मंसिर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेतृत्वले त्याग गर्न सकेको अवस्थामा मात्रै हिंसा र निराशालाई अन्त्य गर्न सकिने बताएका छन् । उनले कांग्रेसका नेताहरुमा त्यागको भावना विकास नभएसम्म देश परिवर्तन हुन नसक्ने दाबी समेत गरे ।

बुटवलमा शनिबारदेखि सुरु भएको कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलनमा नेता कोइरालाले कांग्रेसलाई परिवर्तन गर्न पार्टीभित्र फैलिएको निराशाको अन्त्य गर्नु जरुरी रहेको र त्यो निराशा अन्त्य गर्न कांग्रेस नेताहरूमा त्यागको भावना आवश्यक देखिएको बताए ।

‘त्यागको ठूलो महत्त्व छ, बुद्धले शान्ति र त्यागको कुरा सिकाउनु भएको छ,’ कोइरालाले भने, ‘त्यागले हिंसा र निराशालाई अन्त्य गर्न सहयोग गर्छ, त्याग गर्न सक्यो भने कांग्रेस परिवर्तन हुन्छ र कांग्रेस परिवर्तन भयो भने देश पनि परिवर्तन हुन्छ ।’ 

उनले कांग्रेसले गल्ती कहाँ गर्‍यो र हामी कहाँनिर चुक्यौं भन्ने विश्लेषण गरेर सुधारको बाटोमा अघि बढ्नु पर्ने अहिलेको जिम्मेवारी रहेको बताए ।

नेता कोइरालाले देशमा सुशासन कायम हुन नसकेको, भ्रष्टाचार र दण्डहीनता बढेको भन्दै चिन्ता व्यक्त गरे ।

‘भ्रष्टाचार र दण्डहीनताको अन्त्य नभएसम्म नयाँ नेपाल सम्भव छैन, राजनीतिज्ञकहरूकै मिलेमतोको भ्रष्टाचार अहिलेको मुख्य समस्या हो । त्यसको निर्मूल हुनै पर्छ,’ उनले भने ।

नेता कोइरालाले २०८२ सालमा पार्टीको अधिवेशन गर्न नसके पार्टीले थप पराजय बेहोर्नुपर्ने बताए ।

‘कांग्रेसले २०८२ मा पार्टीको महाधिवेशन गर्न सके र एक ढिक्का भएरअघि बढ्न सकेमा अबको कुनै चुनावमा कसैको साहरा लिनु पर्दैन,’ उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार