२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाली कांग्रेस 

सभापति देउवाले भने :' गणतन्त्र निर्विकल्प हो, राजतन्त्र फर्किदैन '

'धर्मनिरपेक्ष बारेर्मा  छलफल गर्न सकिन्छ'

सोमवार , मंसिर ११, २०८०

 

काठमाडौँ, मंसिर ।  देशमा राजतन्त्र स्थापनाका बारेमा चको आन्दोलन भईरहेका बेला कुनै पनि हालतमा नफर्किने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् । उनले भने,  धर्मनिरपेक्षका बारेमा पार्टीमा छलफल गर्न सकिन्छ,  पनि गणतन्त्र भने निर्विकल्प  हो ।  

सभापति देउवाले सो कुरा नवलपुर कांग्रेसको पहिलो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै भने, 'जनताले संविधानमार्फत फालिसकेको राजतन्त्र फर्कने कुनै सम्भावना छैन । ’ 

उनले भने, ‘केही दिनदेखि देखिएको गतिविधीबारे देउवाले केही बोलेनन् भन्ने सुनेको छु ।  हाम्रो पार्टीको स्पष्ट धारणा छ संघीयता र गणतन्त्रकोविरुद्ध हुने कुनै पनि गतिविधी हामिलाई मान्य छैन ।’

पार्टीका सबै मतभेद हटाएर संगठन बिस्तारमा लाग्न देउवाले कांग्रेस नेता कार्यकर्तालाई निर्देशन दिए ।

सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनता र पार्टी कार्यकर्तामा रहेको अन्यौल हटाउन काग्रेसको नेतृत्व लागि परेको बताए । 

नेता र कार्यशैलीप्रति असन्तुष्टि जनाउनु फरक कुरा भएको भन्दै निरंकुश राजतन्त्रको बारेमा वकालत गर्नु भविष्यका लागि घातक हुने बताए । 

पार्टी जिल्ला सभापति तथा प्रदेशमन्त्री महेन्द्रध्वज जिसीको अध्यक्षतामा सुरु भएको प्रथम सम्मेलनले जिल्लाभित्र रहेका आर्थिक , सामाजिक र राजनितिक विषयमा छलफल गर्ने कार्यतालिका छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार