चितवन, मङ्सिर । जिल्लामा पछिल्लो चार महिनामा १६७ वटा घरेलु हिंसाका घटनाको निवेदन दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको महिला सेलमा चालु आर्थिक वर्षको कात्तिकसम्ममा सो सङ्ख्यामा निवेदन दर्ता भएका हुन ।
दर्ता भएका निवेदनमध्ये खान लाउन नदिएको सम्बन्धी ४५ वटा, कुटपिट सम्बन्धी ७० वटा र गाली बेइज्जती सम्बन्धी ५२ वटा छन् ।
कूल निवेदनमध्ये १२८ वटा मिलापत्र भएका छन् । साथै २२ वटा अदालती प्रक्रियामा गएका छन् भने १७ वटा छलफलका क्रममा रहेको कार्यालयका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
उनका अनुसार आर्थिक वर्ष २०७८र७९ मा ४४३ घरेलु हिंसाका निवेदन दर्ता भएका थिए ।
आर्थिक वर्ष २०७९र८० मा यो सङ्ख्या ३९५ थियो । निवेदनमध्ये सबैभन्दा धेरै कुटपिट सम्बन्धी उजुरी रहेको उनले जानकारी दिए ।
यस्तै कार्यालयको तथ्याङ्क अनुसार चालु आवको कात्तिकसम्ममा १६ वटा जबरर्जस्ती करणीका उजुरी दर्ता भएका छन् ।
यस्तै दुईवटा जबरर्जस्ती करणी उद्योगसम्बन्धी, १३ वटा बालयौन दुव्र्यवहारसम्बन्धी, एउटा अप्राकृतिक मैथुनसम्बन्धी, चारवटा बहुविवाह र एउटा बालबिबाह सम्बन्धी उजुरी दर्ता भएका छन् ।