२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

भाइटीका पर्व 

तिहारको मुख्य दिन  :  " सर्वसाधारणले  श्रद्धा र निष्ठाका साथ  मनाए "

' दिदी बहिनीले दाजुभाइलाई श्रद्धा, निष्ठा, दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना'

बुधवार , कार्तिक २९, २०८०


काठमाडौँ, कात्तिक । तिहारको मुख्य दिन आज नेपालीले भाइटीका पर्व मनाएका छन् ।  दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाउनुका साथै मीठो मसिनो खुवाएका छन्  भने दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाएर गच्छे अनुसार दक्षिणा दिएका छन् ।

भाइटीकाको साइत आज बिहान १०ः५१ बजे भए पनि दिनभर टीका लगाउन बाधा नहुने भएकाले टाढा टाढा पुग्नेहरु तथा दिनभर टीका लगाउन आवत जावत गरिरहरेका थिए ।

दिदी बहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइएको छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । 

दिदीबहिनी एवं दाजुभाइ नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार