२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

गणतन्त्रवादी दलका नेता बैठक

महामन्त्री थापाको टिप्पणी   :" तपाईंहरु विश्राम लिनुस्, यो व्यवस्था केही हुँदैन "  

शीर्ष नेताहरुले राजनीतिबाट विश्राम लिँदा इतिहासले श्रद्धापूर्वक सम्झने

बुधवार , कार्तिक २२, २०८०


काठमाडौँ, कात्तिक । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब शीर्ष नेताहरुले राजनीतिबाट विश्राम लिए अहिलेको व्यवस्थालाई कसैले केही गर्न नसक्ने बताएका छन् । 

म‌ंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालको आह्नानमा सिंहदरबारमा गणतन्त्रवादी दलका नेताहरुको बैठक बसेकोबारे टिप्पणी गर्दै महामन्त्री थापाले शीर्ष नेताहरुले देशका लागि यो व्यवस्थामा गर्न सक्ने र दिन सक्ने सबै योगदान दिइसकेको बताएका छन् ।

‘यो गणतान्त्रिक व्यवस्था स्थापना गर्न तपाईंहरू ९शीर्ष नेता० ले निभाउनुभएको भूमिका महत्त्वपूर्ण छ । इतिहासले सधैँ सम्झिने छ । 

तपाईंहरू फेरि भन्दै हुनुहुन्छ यो व्यवस्था बलियो बनाउन एकजुट हुनु पर्‍यो,’ थापाले भनेका छन्, ुमैले भन्दै आएको छु, फेरि भन्छु(तपाईं शीर्ष नेताहरूले यो व्यवस्थामा गर्न र दिन सक्ने सबै योगदान दिइसक्नुभयो । 

अब सक्रिय राजनीतिबाट विश्राम लिदिनु भयो भने, यो व्यवस्थालाई कसैले केही गर्नै सक्दैन ।’

उनले अहिलेको व्यवस्थालाई बलियो बनाउन सबै शीर्ष नेताहरु एकजुट भएर गर्ने काम भने सक्रिय राजनीतिबाट विश्राम लिने मात्रै रहेको दोहोर्‍याएका छन् ।

 शीर्ष नेताहरुले राजनीतिबाट विश्राम लिँदा इतिहासले श्रद्धापूर्वक सम्झने र गणतन्त्रविरुद्ध उठेका आवाज आफैं बिलाएर जाने उनको दाबी छ ।

‘यो व्यवस्थालाई बलियो बनाउन तपाईंहरू एकजुट भएर यही एउटा मात्रै काम गरिदिनुहोस् । 

इतिहासले तपाईंहरूलाई अझै श्रद्धापूर्वक सम्झिने छ, सम्मान गर्नेछ । र, गणतन्त्रविरुद्ध जस्तो अराजक आवाजहरू उठिरहेका छन्, ती आवाजहरू आफैँ हराउँदै जानेछन् । 

आम जनतामा व्यवस्थाप्रतिको विश्वास अझै मजबुत हुनेछ,’ थापाले भनेका छन् ।
 - कान्तीपुरबाट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार