२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

 जाजरकोट भूकम्प

रुकुम पश्चिम   :  "  १६ हजार पाँच ७० घर पूर्णरुपमा क्षतिग्रस्त "

सोमवार , कार्तिक २०, २०८०

 

रुकुमपश्चिम, कात्तिक । भूकम्पका कारण रुकुमपश्चिमका छ स्थानीय तहका १६ हजार ५७० घर पूर्णरुपमा क्षतिग्रस्त बनेका छन् । 

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले तथ्याङ्क सङ्कलन जारी रहेकाले यो सङ्ख्या बढ्नसक्ने बताए ।  

नगरपालिका प्रमुख तथा गाउँपालिकाका अध्यक्षहरुले समितिको बैठकमा पेश गरेको प्रारम्भिक तथ्याङ्क अनुसार सबैभन्दा बढी आठबिसकोट नगरपालिकाका घरमा क्षति पुगेको छ । 

समितिका अनुसार आठबिसकोट नगरपालिकामा सात हजार १४८ घरमा पूर्णरुपमा क्षति पुगेको छ भने सानीभेरी गाउँपालिकाका तीन हजार १४६ घर पूर्णरुपमा र ७२२ घरमा आंशिक क्षतिग्रस्त बनेका छन् । 

चौरजहारी नगरपालिकामा एक हजार ९८७ घर पूर्ण र चार हजार ३७४ घरमा आशिंकरुपमा क्षति पुगेको छ भने मुसीकोट नगरपालिकामा दुई हजार तीनसय घर पूर्णरुपमा र तीन हजार पाँचसय घरमा आशिंक क्षति पुगेको छ । 

त्यसैगरी त्रिवेणी गाउँपालिकामा एक हजार ९३५ घर पूर्ण र एक हजार  २५८ घरमा आंशिक क्षति पुगेको छ भने बाँफिकोट गाउँपालिकामा १८ वटा घर पूर्ण र एक सय सात घरमा आंशिक क्षति पुगेको छ । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार