२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

विश्वकप छनोट : यूएईद्वारा नेपाललाई १३५ रनको लक्ष्य प्रस्तुत

शुक्रवार , कार्तिक १७, २०८०

काठमाडौँ, कात्तिक  । आइसिसी टि २० विश्वकप एसिया क्षेत्र फाइनल छनोट अन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) ले नेपाललाई  १३५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा आज भएको सेमिफाइनलमा निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा यूएईले  १३४ रन बनायो ।

यूएईका लागि विकेट विकपर वृत्या अरविन्दले सर्वाधिक ६४ रन बनाए । उनले ५४ बल खेल्दै दुई छक्का र आठ चौका प्रहार गरे । साथै कप्तान मोहम्मद वासिमले १६ बलमा दुई छक्का र तीन चौकासहित २६ रन बनाए ।

आसिफ खानले १३, अलिसन सफारुले १६ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन् । नेपालका लागि कुशल मल्लले तीन र सन्दीप लामिछानेले दुई विकेट लिए । साथै सोमपाल कामी र राहित पौडेलले एक/एक विकेट लिए । दुई ब्याटर रन आउट भए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार