२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

राष्ट्रपतिद्वारा नवदुर्गाको विशेष पूजा

शनिवार , कार्तिक ११, २०८०

 

भक्तपुर, कात्तिक ।  कोजाग्रत पूर्णिमाको अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरस्थित नवदुर्गा मन्दिरमा नवदुर्गा भवानीको पूजाअर्चना गरी टीका, प्रसाद ग्रहण गरेका छन ।   प्रथम महिला सविता पौडेलसहित राष्ट्रपति पौडेलले नवदुर्गाको विशेष पूजा गरेका हुन । 

राष्ट्रपतिले नवदुर्गालाई ८४ व्यञ्जन अर्पण गर्दै विशेष पूजा गरे ।  साथै उनले  नवदुर्गा नाचसमेत अवलोकन गरे । राष्ट्रपति पौडेललाई रमेश कर्माचार्यले नवदुर्गाको सङ्कल्प पूजा गराएका थिए ।  

त्यसैगरी नवदुर्गाका मूल नाइके कृष्णकुमार बनमाला, सहायक नाइकेहरू भैलबहादुर बनमाला र इन्द्रबहादुर बनमालाले नवदुर्गाको प्रसाद प्रदान गरेका थिए । राष्ट्रपति पौडेलले नवदुर्गा देवगणको दर्शन पनि गरेका थिए ।  

विगतका वर्षमा नवदुर्गा मन्दिर प्रवेश गरी राष्ट्रप्रमुखले दर्शन गर्ने परम्परा रहेकामा यो वर्ष मन्दिरको प्राङ्गणमा विशेष पूजा गरिएको थियो । 

राष्ट्रपति पौडेललेलाई बागमती प्रदेशका पशुपक्षीमन्त्री डा राजेन्द्रमान श्रेष्ठ, बागमती प्रदेशसभा सदस्यद्वय किरण थापा र सुरेश श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्र निरौला, गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख खिमा वलीले स्वागत गरेका थिए । 

मल्लकालदेखि राजाहरूले नवदुर्गाको पूजा आए पनि बीचमा यो परम्परा टुटेको थियो । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार